Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पञ्चेबाजा बजाउँदै ‘महाराजधिराज’को मुहूर्त, २५ वैशाखदेखि छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/05/05

maharajdhiraj

 

परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘महाराजधिराज’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित फिल्मको मुहूर्त गर्दै वैशाख २५ गतेदेखि छायांकन सुरु हुने जानकारी गराइयो । मुहूर्त समारोहमा निर्देशकदेखि अधिकांश मुख्य कलाकारहरू सहभागी भएका थिए ।

सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरु हुन लागेको यस फिल्ममा रमेश उप्रेती, आर्यन सिग्देल, केकी अधिकारी, पुष्प खड्का, पूजा शर्मा, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, सुशील सिटौला, हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी लगायतको अभिनय रहनेछ । फिल्मको मूल कथा पुष्पको वरिपरि घुम्ने जनाइएको छ । 

छत्रेश्वर म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्तामा विराज विष्ट रहेका छन् । उनले यसअघि २०८१ सालमा राष्ट्रिय अवार्ड जित्न सफल फिल्म ‘बुलाकी’को निर्माण गरेका थिए । उनले दुई वर्षको तयारीपछि ‘महाराजधिराज’ बनाउन लागेका हुन् । यस फिल्मका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन् ।

मुहूर्त समारोहमा प्रस्तुतकर्ता विष्टले फिल्मको छायांकनदेखि भिएफएक्सको काम निर्धारित समयमै सकिएको खण्डमा दशैंमा रिलिज गरिने जानकारी दिए । उनले भने, ‘फिल्मको छायांकन नै लगभग ७५ दिन हुनेछ । भिएफएक्स पनि धेरै गर्नुपर्नेछ । यी सबै काम राम्रोसँग सकिएको खण्डमा फिल्मलाई दशैंमै रिलिज गर्छौं । नभए अर्को मितिमा आउनेछौं ।’ 

Most Visited News (monthly)