Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोश्रो हप्तामा ‘श्री’, पहिलो हप्ताको व्यापार कति ?

फिल्मीखबर, काठमाडौं, 2021/04/17
कोरोना कालकै कथामा बनेको नेपाली फिल्म ‘श्री’ रिलीजको दोश्रो हप्तामा पुगेको छ । नयाँ बर्ष २०७८ लक्षित गरी रिलीज भएको यो फिल्ममा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।
 
एभरेस्ट सूर्य बोहरा निर्देशित यो फिल्मले लकडाउनमा एक व्यक्तिले भोगेको कथा बोलेको छ । फिल्मका मूख्य पात्र सन्दीप क्षेत्री हुन् ।
 
 
यो फिल्मले पहिलो साता सात लाख ग्रस कलेक्सन गरेको वितरक करण श्रेष्ठले बताए । वितरकका अनुसार अहिले कोरोना महामारी बीच यति व्यापार हुनु भनेको सामान्य समयमा सत्तरी लाख व्यापार हुनु हो । श्रेष्ठले भने, ‘अहिले सात लाखको व्यापार भनेको अवस्थामा सामान्य हुँदाको समयको सत्तरी लाख बराबर हो । फिल्म हेर्न दर्शक निरन्तर आइरहनु भएको छ, कुनै शो क्यान्सिल भएको छैन । यसले राम्रो संकेत गरेको छ’ ।
 
शुक्रवार फिल्म दोश्रो हप्तामा पुगेकोमा बिशेष शोको आयोजना गरिएको थियो जसमा अभिनेता सन्दीप क्षेत्री पनि पुगेका थिए । कार्यक्रममा उनले भने, 'फिल्म हलमा हेर्दाको अनुभव बेग्लै हुन्छ । म वितरक ज्युहरुलाई धन्यवाद दिन चाहन्छु’ । विशेष शोमा निर्मात्री सबिता गुरुङ र कलाकार भोलाराज सापकोटा पनि उपस्थित थिए ।
 
चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी कोषमा सहयोग
 ‘श्री’ युनिटले चलचित्र पत्रकार संघ नेपालको ‘पत्रकार कल्याणकारी कोष’ अभियानमा सहयोग गरेको छ । निर्मात्री सविता, वितरक करण तथा अभिनेताद्वय सन्दीप र भोलाराजले नगद २५ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरे । फिल्मले दोस्रो हप्ता प्रवेश गरेको अवसरमा कल्याणकारी कोष वृद्धिका लागि सहयोग गरेको निर्मात्री गुरुङले बताइन् । 
 
 
सहयोग ग्रहण गर्दै चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीले धन्यवाद दिए । ‘हाम्रो अभियानमा जोडिनु भएकोमा आभारी छौ । यो थपिएको इँटा मार्फत खुट्किलो पार गर्दै अझै माथि पुग्नेमा विश्वस्त छौँ’ बलामीले भने ।
Most Visited News (monthly)