बलीउड अभिनेता कार्तिक आर्यनको फिल्म 'धमाका'ले बलीउडमा धमाका नै पिटेको छ । यो फिल्म ओटिटीमा बिक्नेवाला बलीउडकै महंगो साबित भएको छ ।
'धमाका'को डिजिटल राइट्स नेटफ्लिक्सले १३५ करोड भारुमा खरीद गरेको छ । न्यू जनरेशन एक्टर कार्तिक आर्यनको यस फिल्मले 'लक्ष्मी' र 'कूली नं वन'लाई पछि पारेको छ । अक्षय कुमार, कियारा आडवाणी, शरद केलकर लगायतको अभिनय रहेको 'लक्ष्मी' भारु १२५ करोडमा बिक्री भएको थियो । गत साल डिज्नी प्लस हटस्टारमा स्ट्रीम भएको फिल्म 'लक्ष्मी' साउथ फिल्म 'कंचना'को हिन्दी रीमेक फिल्म हो ।

त्यस्तै, अजय देवगन, सोनाक्षी सिन्हा, नोरा फतेही, शरद केलकर, एमी विर्क लगायतको अभिनय रहेको 'भुजः द प्राइड अफ इण्डिया' भारु ११० करोडमा बिक्री भएको छ । यहि बर्ष डिज्नी प्लस हटस्टारमा यो फिल्म स्ट्रीमिंग हुँदैछ । वरुण धवन, सारा अली खान, शिखा तलसानिया, राजपाल यादव, परेश रावल, जावेद जाफरीको अभिनय रहेको 'कूली नं वन' भारु ९० करोडमा बिक्री भएको थियो । यो फिल्म गत साल नै अमेजन प्राइममा स्ट्रीम भईसकेको छ ।
साथै, संजय दत्त, आलिया भट्ट र आदित्य रॉय कपूरको फिल्म 'सडक २' भारु ७० करोड, अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म 'गुलाबो-सिताबो' भारु ६५ करोडमा ओटिटी राईट्स बिक्री भएको थियो ।

