Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोन र रुबिनाको जोडी बाधियो, 'डाँडाको बरपीपल' फ्लोरमा जादै

फिल्मीखबर, काठमाडौं, 2021/04/13
फिल्म 'डाँडाको बरपीपल'को छायांकन शुरु हुने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा बन्न लागेको यो फिल्म बैशाख २२ गतेबाट फ्लोरमा जान लागेको हो ।
 
शोभित बस्नेतको निर्देशनमा बन्ने यो फिल्ममा सलोन बस्नेत र रुविना थापाले जोडी बाध्ने जानकारी प्राप्त छ । फिल्मका लागि रुविनाले महंगो पारिश्रमिक लिएको निर्माण पक्षले बताएका पनि यति नै भन्ने खुलाईएको छैन ।
 
 
सलोन र रुबिनाको साथमा यो फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराज गराचको पनि अभिनय रहने बताईएको छ । पारिवारिक कथामा बन्ने भनिएको यो फिल्ममा सुशान प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।
 
७५ दिनको छायांकन तालिका रहेको फिल्म काठमाडौं, कालाबाङ र से फोक्सुण्डो तालमा खिचिने जनाईएको छ ।
Most Visited News (monthly)