मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

पूजनालाई नङ्ग्याए राजुले

फिल्मीखबर, काठमाण्डौ, 2012/12/10

बिन्दास फिल्मको फस्ट लुक रिलिज पश्चात निर्देशक राजु गिरी निकै चर्चामा आए । नायिका शुष्मा कार्कीको उत्तेजक तस्विर राखेर बिन्दासको पोस्टर बनाएका राजुले पुन: अर्की नायिका पूजना स्त्रीको उत्तेजक तस्विर राखेर फस्ट लुक रिलिज गरेका छन् ।

 

हिजो आईतवार मात्र सुटिङ सकिएको फिल्म 'रक्षा' को सार्वजनिक फस्ट लुकमा निर्देशक गिरीले पूजनालाई मज्जैले नङ्ग्याएका छन् । बिन्दासको पोस्टरमा नायिका कार्कीले आफ्नो फोटोको बारेमा आपत्ति जनाएकी थिईन र केहि समय त निर्देशक गिरी र नायिका कार्कीको बोलचाल पनि भएको थिएन । अब यो फस्ट लुकले पूजना र राजुको सम्बन्धलाई कुन रूपमा पुर्‍याउने हो हेर्न बाँकी छ । पोस्टरमा नायक अशोक फुयाँलको तस्विरलाई अनुहार छोपेर राखिएको छ भने फिल्मीखबरले पूजनाको तस्विरलाई 'ब्लर' गरेको छ ।

 

राजनिती र सेक्सको फ्युजन गरेर कथा तयार पारिएको बताउँदै निर्देशक राजुले समाज वरपर घटिरहेको घटनालाई फिल्म मार्फत प्रस्तुत गरेको बताए । उटा आईटम गीतको सुटिङ बाँकी राखेर २३ दिनमा प्याकअप गरिएको रक्षामा पूजना र अशोकको साथमा राजेश हमाल, सुशान्त कार्की, सारिका घिमिरे लगायतको अभिनय रहेको छ । चैत्र २७ गते रिलिज हुने बताईएको यो फिल्मलाई पवन बस्नेतले निर्माण गरेका हुन् । स्मरण रहोस्, यो फिल्ममा नायिका पूजनाले निकै हट बेड सिन दिएको खबर यसअघि नै भिडियो सहित बाहिर आईसकेको छ ।