मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म मेकिङमा आउने तयारीमा सिसन

फिल्मीखबर, काठमाडौं, 2022/08/03
sisan baniya
 
युवापुस्तामाझ चर्चित नाम हो, सिसन बानियाँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडासँग नाम जोडिएपछि थप चर्चामा आएका उनले केही वर्षदेखि नेपालका विभिन्न रमणीय ठाउँहरुलाई भ्लगमार्फत् देखाउँदै आएका छन् । सम्भवतः उनले भ्लग बनाउनका लागि नेपालको कुनै पनि ठाउँ पुग्न बाँकी राखेका छैनन् । भ्लगबाटै उनले शहरीया युवापुस्ताको ठूलो जमातमा आफूलाई चिनाएका हुन् ।
 
आजभोली सिसनले भ्लगभन्दा बढी यूट्युबमा पोडकास्ट कार्यक्रम चलाउँदै आएका छन् । उक्त कार्यक्रममा उनले राजनीतिज्ञदेखि फिल्मका कलाकारहरुलाई बोलाएर विभिन्न विषयमा गहन तथा गहकिला कुराकानी गर्ने गरेका छन् । यो कार्यक्रमलाई बौद्धिक जमातदेखि युवापुस्ताहरुले निकै रुचाएको पाइन्छ । अब भने उनी भ्लग र यूट्युब कार्यक्रमबाट विश्राम लिने सोचमा पुगेका छन् । 
 
सिसनले विस्तारै आफू फिल्म मेकिङमा आउने बताएका छन् । अभिनेता प्रदीप खड्कासँगको कुराकानीको क्रममा उनले भनेका छन्, ‘यो वर्षको अन्त्यबाट यूट्युब र भ्लगबाट विश्राम लिन सक्छु । म एकैचोटी फिल्म मेकिङ गर्दिनँ । पहिला सर्ट फिल्म बनाउने सोचमा छु । मलाई पहिलो प्रोजेक्ट (फिल्म) मा कुनै पनि गल्ती गर्नु छैन । त्यसका लागि सानो-सानो प्रोजेक्टबाट अगाडि बढ्नेछु ।’
 
सिसनलाई वर्षौंदेखि फिल्मको प्रस्तावहरु पनि पुगिरहेको छ । तर, उनलाई अभिनयप्रति खासै रुचि छैन । उनले फिल्म निर्देशन र निर्माणमा आफूलाई अगाडि बढाउन चाहेका छन् । तर, उनी हतारिएर फिल्म मेकिङ गर्ने पक्षमा पनि छैनन् । सर्ट फिल्महरुबाट अनुभव बटुलेपछि फिल्म मेकिङ गर्ने उनको सोच छ । उनले आफूलाई मीन भामले मार्गनिर्देशन गरिरहेको पनि बताएका छन् ।