मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

युट्युबमा ट्रेन्डिङको लडाई

मनिष अन्जान, काठमाण्डौ, 2017/06/13
अहिले आफ्ना गीत-संगीत र फिल्म हिट वा फल्प के भए भन्ने हेर्न अनेकौ लफडा झेल्नु पर्दैन मात्र युट्युब क्लिक गरेपछि सबै कुरा आफ्नै आँखा अगाडि देखिन्छ । कुनै दिन युट्युबमा लाख पटक हेरिएको भिडियो भए सुपरहिट मानिन्थ्यो तर अहिले नेपाली गीतहरुले युट्युबमा करोड बढी भ्यू समेत पाउन थालिसकेका छन् । यसरी हेर्दा विस्तारै नेपालीमाझ इन्टरनेटको पहुँच बढ्दै गएको अनुमान लगाउन सकिन्छ भने नेपाली फिल्मप्रति दर्शकहरुले पनि चासो राख्न थालेका छन् ।
 
'वडा नम्बर ६' को 'सुर्के थैली खै', 'छक्का पन्जा'को 'पूर्व पश्चिम रेल', 'लुट २' को 'ठमेल बजार', 'पर्व'को 'काले दाई'देखि गायक हेमन्त रानाको स्वरमा रहेको 'सुन साइँली' बोलको गीतको भिडियोलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ । 
 
युट्युबमा आफ्नो गीतहरुले लाखौं भ्यू पाएको खण्डमा गायक वा गायिकाको व्यस्तता नेपालसँगै विदेशमा हुने कार्यक्रममा ह्वात्तै बढ्छ भने नेपाली फिल्मले सिनेमा हलमा मात्र होइन युट्युबमा पनि लाखौ भ्यूअर्स पाए सुपरहिट मान्ने गरिन्छ । अझ युट्युबको ट्रेन्डिङमा नै पर्‍यो भने त गायक-गायिका होस् वा फिल्मका निर्माता/निर्देशक नै किन नहोस् भुईँमा खुट्टा हुँदैन । रिलिजको तयारीमा रहेका फिल्मका गीत-संगीत, टीजर र ट्रेलर युट्युबको ट्रेडिङमा पर्‍यो भने निर्माता/निर्देशक र कलाकारहरुलाई लाग्छ अब हलमा पनि फिल्म सुपरहिट हुन्छ ।
 
हुनत, यसअघि यसो नभएको पनि होइन । युट्युबको ट्रेन्डिङमा परेका गीत-संगीतदेखि टीजर र ट्रेलर समावेश फिल्महरु प्रायः सफल नै ठहरिएका छन् भने कति उठ्न नसक्ने गरि थलिएका पनि छन् । युट्युबमा हिट हुँदैमा सिनेमा हलमा फिल्मले बम्पर कमाई गर्ने पक्कै होइन, त्यसका लागि फिल्म आँफैमा बलियो हुनु पर्छ । 
 
केही महिनायता हेर्ने हो भने नेपाली निर्माताहरु आफ्नो फिल्मका गीत-संगीत र ट्रेलरलाई युट्युबको ट्रेन्डिङमा पार्न हर संभव प्रयास गरिरहेको देख्न सकिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालहरुमा 'पेड प्रमोशन' देखि विभिन्न माध्यमबाट फिल्मको गीत र ट्रेलर युट्यबको ट्रेन्डिङमा पार्न तल्लिन देखिन्छन् नेपाली निर्माता/निर्देशकहरु ।
 
अहिले त युट्युबमा फिल्मका सामाग्री हिट भए सिनेमा हलमा दर्शक त्यसै ओहिरिन्छन् भन्ने सोचसमेत पलाउन थालेको छ । हुनत, नराम्रो सामग्री जति नै खर्च गरेर प्रचार गरेपनि युट्युबमा धेरै भ्यूअर्स पाउन मुश्किल हुन्छ । यदी राम्रो छ भने त्यसमा भ्यूअर्स पार्न मोटो रकम खर्च गरिरहनु पर्दैन ।
 
अहिले आफ्नो फिल्मको भिडियो सामाग्रीहरु युट्युबको ट्रेन्डिङमा पार्न देखिएको लडाईँ हेर्दा यस्तो लाग्दैछ नेपाली फिल्मका गीत-संगीत र ट्रेलर सिनेमा हलसम्म दर्शक तान्न होइन युट्युबको ट्रेन्डिङमा पार्न निर्माण गर्ने गरिन्छ ।
 
दर्शकले रुचाएको खण्डमा गीत होस् वा ट्रेलर युट्युबको ट्रेन्डिङमा पार्न दुःख गर्नु पर्दैन तर यहाँ यस्तो होड समेत चलिरहेको छ कि इन्टरनेट प्रचारमा मोटो रकम खर्च गरे त्यसै युट्युबको ट्रेन्डिङमा पार्न सकिन्छ । यतिमात्र होइन युट्युबको ट्रेन्डिङमा फिल्मको एक मात्र सामाग्री परे मात्रपनि आफू अरुभन्दा ठूलो भइन्छ भन्ने सोचपनि हावी छ नेपाली निर्मातामा ।
 
भनिन्छ नि, 'अकबरी सुनलाई कसी लाउनु पर्दैन' । राम्रो गीत-संगीत र ट्रेलर निर्माण गर्नुभएको छ भने त्यसलाई चम्काउन युट्युबको ट्रेन्डिङमा आउँछ वा आउँदैन भनेर पर्खि बस्नु पर्दैन ।
 
र, इन्टरनेटमा आधारित सञ्जालहरुमा प्रचार-प्रसार गरी आफ्नो उत्पादनको व्यापारमा सफलता हासिल गर्नु आँफैमा व्यापारको नयाँ तरिका भने पक्कै हो । हाम्रो भनाई के हो भने, सामाजिक सञ्जालहरुको प्रचार-प्रचारलाई एक आपसको प्रतिस्पर्धा भन्दा पनि आफ्नो व्यापारको श्रीवृद्धिमा प्रयोग गरौँ ।