मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Rajesh Payal Rai

( Singer )
Date of birth
30th September, 1975 [ २०३२ आश्विन १४, मंगलवार ]
Birth Place
बुईपा, खोटाङ
Father
Ratna Rai
Mother
Sayncha Laxmi Rai
How many stars do you like to give ?
  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(563 votes, avg 4.06/5.00)
BIOGRAPHY
Text size:
+
-

पिता रत्न राई तथा माता सञ्चलक्ष्मी राईको कोखबाट वि.स. २०३२ साल असोज महिनाको १४ गते खोटाङको दुर्गम गाउँ बुईपामा जन्मिएका गायक राजेश पायल राई घरका काईलो छोरा हुन् । बाबुको सैनिक बनाउने सपना भएपनि उनी नेपाली सागीतिक क्षेत्रमा स्थापित गायकको रूपमा पछिल्लो समय परिचित सेलिब्रेटीको रूपमा अग्रस्थानमा छन् । भर्षटायल भएका कारण उनले लोक गायन देखि रक सम्मका पुष्तालाई आफ्नो साँगितीक जादुले मोहित पनि पारिसकेका छन् ।

 

२०४५ सालमा रेडियो नेपालमा सम्झनाको कुरा नगर बोलको गीत रेकर्डिङबाट साँगितीक यात्रा सुरू गरेका राईले २०५२ सालमा डेब्यू गर्दै पहिलो एल्बम मुर्छना बजारमा ल्याएका थिए । त्यसपश्चात २०५३ मा उनले पूर्वमा रङ चढेछ, ०५४ मा जष्ट फर यू,  ०५५ मा लभ लेटर, ०५६ मा बैगुनु रहेछौ मायालु, २०५८ मा निगाह, २०६१ मा जदौ, ०६३ मा कामना, ०६५ मा जदौ–२, ०६६ मा दर्शन नमस्ते र २०६८मा राई ईज किङ गरी १२ वटा एल्बम निकालिसेका छन् ।

 

२०५६ को बैगुनी रहेछौ मायालु बोलको गीतबाट ज्यादा सफलता पाएका राईले राई ईज किङ सम्म आईपुग्दा पछिल्लो पुस्तामा नम्बर वान गायकको समेत ट्याग पाईसकेका छन् । विभिन्न चलचित्रमा समेत स्वर दिएका राजेश पायल चलचित्रका कलाकार पनि हुन् । उनले दैवसंजोग, दौतरी, परेनि माया जालैमा, जीमाला तथा गुण्डाराजमा सशक्त अभिनय गरेका छन् । यस्तै करिब ३ सय चलचित्रमा स्वर समेत दिएका राईले पहिलो पटक २०५४ सालमा अशोक शर्माको चलचित्र गरिबको तीन वटा गीतमा आफ्नो स्वर दिएका थिए । त्यसपछी चलचित्रमा पाश्र्व गायनको रूपमा उनी फिट भैरहे ।

 

अमेरिका बाहेक विश्वका प्राय सवै चर्चित मुलक भ्रमण गर्नुको साथै कन्सर्ट गरेका राईले २०५३ सालमा पहिलो विदेश भ्रमण गरेका थिए । जहा उनको जिवनको पहिलो वैदेशिक कन्सर्ट थियो । सागीतिक जिवनको उनको पहिलो आम्दानी त्यही हङकङ कन्सर्टले जुराई दिएको थियो जसबाट उनले ४० हजार नेपाली रूपैयालाई पहिलो कमाईको रूपमा अनुभव गरेका थिए । जुन कमाईबाट उनले आफ्नी आमालाई उपहार स्वरूप केही तोला सुन किनि दिएका थिए ।

 

यो क्षेत्रमा लाग्नुको श्रेय कोही नभएको बताउने राजेशले २०६० साल असार १२ गते विराटनगरको रिभ्स डिजीटल रेर्कडिङ स्टूडियोमा ५ घण्टामा ९ वटा गीत रेकर्ड गराएका थिए । सम्भवत: विश्वमै यसरी ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायक हुनु पर्छ । विदेशी गीतहरू समेत सुन्न रूचाउने गायक राई बेलायती रक गायक ब्रायन एडम्स, भारतका सोनु निगम तथा सुनिधी चौहानका ङ्खयान हुने भने स्वदेशमा उदित नायारण झा, दीपा झा तथा अञ्जु पन्त उनलाई मनपर्ने गायकगायिका हुन् । अञ्जुसंग पाश्र्व गायनमा खुब जमेका गायक राईले २०६६ सालमा रिलिज भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत जिते ।  यस्तै उनी २०६७ मा छिन्नलता पुरस्कार तथा अन्य पुरस्कारबाट पनि सम्मानित एवं पुरस्कृत भैसकेका छन् । पूर्वाञ्चलको धरानमा कक्षा नौ पढदा पहिलो प्रेम पत्रको अनुभुति गरेका गायक राई अविवाहित हुन् । जो आफूलाई सुहाउने स्त्रीको खोजीमा छन् तर अहिले सम्म उनले आफूलाई फिट हुने युवती नपाएको बताउछन् ।

 

१५ बर्षे सागीतिक यात्रामा थुप्रै उपलब्धी हासिल गरेका राईले २०५७ सालमा नया बानेश्वरको विआईसिसी हल (हालको संविधानसभा भवन) मा सफलतापूर्वक गरेको  एकल साझलाई जिवनको पहिलो उपलब्धीको रूपमा लिने गरेका छन् ।

CELEBRITY TWEETS » Click here to Follow us