Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5527 - 5532 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-06-09, बिहिवार

आगामी असार १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘घनचक्कर’को नेपाल (नेवारी) भाषाको प्रोमोसनल गीत यूट्युबमा सार्वजनिक गरिएको छ । विजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर छ । गीतको भिडियोमा फिल्मका प्रमुख पात्रहरुबीचको प्रेम र पैसाको चक्कर देखाइएको छ । दिपेन बस्नेतले गीतको भिडियोको छायांकन गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2022-06-08, बुधवार

फिल्म छायांकनमा नजाँदासम्म कलाकारदेखि निर्देशकसम्म हेरफेरको चक्र चलिरहन्छ । फिल्मको आधाउधी छायांकन सकिएको अवस्थामा समेत टिम परिवर्तन हुने गरेको छ । यस्तैमा, निर्माणको तयारीमा रहेको फिल्म ‘प्रसाद २’को निर्देशक परिवर्तन भएको खबर प्राप्त छ । पहिला सौरभ चौधरीले फिल्मलाई निर्देशन गर्ने फाइनल भएकोमा अब उनी बाहिरिएको स्रोतले जानकारी दियो ।

फिल्मीखबर, काठमाडौं, 2022-06-08, बुधवार

विवादकी पर्याय हुन्, पूजा शर्मा । उनी आफ्नै अभिव्यक्तिले बेला बखतमा नराम्रोसँग विवादमा तानिने गरेकी हुन्छिन् । गत वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको समयमा अभिनेता पल शाहको पक्षमा वकालत गर्ने क्रममा नाबालिगको चरित्रमाथि प्रश्न उठाउने अभिव्यक्ति दिएपछि उनको व्यापक विरोध र आलोचना भयो । यसपछि उनले मिडियासँग दुरी नै बनाएर बसेकी छन् ।

एजेन्सी, मुम्बई, 2022-06-08, बुधवार

अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाले अभिनेता शाहरुख खानप्रति गुनासो पोखेका छन् । ड्रग्‍स मुद्धामा आर्यन खान गिरफ्तार हुँदा आफूले आर्यनको सपोर्ट गरेको भएपनि शाहरुखले अहिलेसम्म धन्यवाद नभएको उनको गुनासो छ । २०२१ अक्टोबर २ मा क्रुजबाट पक्राउ परेका आर्यनले २६ दिन हिरासतमा विताएका थिए । हालसालै उनलाई ड्रग्सको केशमा क्लिन चीट मिलेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-06-08, बुधवार

२०७० सालमा मदन पुरस्कार प्राप्त गरेको कृति ‘खलंगामा हमला : जुम्ला अ नर्स स्टोरी’माथि फिल्म निर्माण हुने भएको छ । राधा पौडेलद्वारा लिखित कृतिमाथि बन्न लागेको फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । विनोद विष्टले फिल्मको निर्देशन गर्नेछन् । उनले यसअघि झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’माथि फिल्म बनाएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2022-06-08, बुधवार

शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ गत वर्षको असोज २६ गते प्रदर्शन भएको थियो । प्रदर्शनको संघारमा हुँदा निर्देशक बस्नेतले ‘महानायक’ विवाद झिकेपछि त्यसको असर फिल्मको व्यापारमा पर्‍यो । दर्शक अभावले एक हप्ता पनि सिनेमा हलमा टिक्न नसकेको फिल्म यसै साता बुढासुब्बाको यूट्युबमा सार्वजनिक भएको छ । यूट्युबमा फिल्मको भ्यूज आक्रामक छ । 

Results : 5527 - 5532 of 23775
Most Visited News (monthly)