
नेपाली फिल्मको एउटा युग हाँकेका चर्चित अभिनेता राजेश हमालको उमेर र शारीरिक तन्दुरुस्तीलाई लिएर हमेशा चर्चा हुने गर्छ । उमेरले ६० नजिक पुगिसकेका उनी शारीरिक रुपमा भने नौजवान देखिन्छन् । यसैले उनी आफ्नो वास्तविक उमेर भन्नै चाहँदैनन् । कसैले उमेर सोध्यो भने उनी ‘भर्खर २१ वर्ष टेकेँ’ भन्दै जवाफ फर्काउने गर्छन् । यद्यपि, उनको वास्तविक उमेर सर्वविदितै छ ।


लामो समयपछि निर्देशनमा फर्किएका ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ’को कोरोना महामारीभन्दा अगाडि एक गीतबाहेक सम्पूर्ण छायांकन सकाएका थिए । उनले गीत बाहेकको पोस्ट प्रोडक्सनको काम पनि पूरा गरिसकेका छन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गएपछि देउजाले गीतको छायांकन पनि भ्याएका छन् । ललितपुरस्थित श्रीकाली चौरमा गीतको छायांकन भएको हो ।

अभिनेत्री नीता ढुंगानाले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा किस्ताबन्दीमा साउथका कलाकारहरु भित्रिरहेका छन् । दुई चर्चित साउथ इन्डियन कलाकारहरु प्रदीप रावत र सुनिल वर्मापछि यो फिल्ममा साउथका अर्का प्रख्यात कलाकार अलीको पनि प्रवेश भएको छ । बुधवार भारतको मुम्बईमा अलीसँग फिल्मका निर्देशक चन्द्र पन्तले कागजी सम्झौता गरेका हुन् ।

मोडलिङको क्षेत्रमा १० वर्ष विताइसकेकी नीति शाह अब फिल्ममा डेब्यू गर्न कस्सिएकी छिन् । विगत केही वर्षमा ठूला स्टार र प्रतिष्ठित ब्यानरका कयौं फिल्म अस्वीकार गरेकी उनी अब फिल्ममा आउन ढिलो गर्ने पक्षमा छैनन् । यसै वर्ष अभिनेत्रीको रुपमा लञ्च हुने गरी उनी केही समयदेखि जिमदेखि डान्स क्लाससम्म लिइरहेकी छन् । उनले म्यानेजर समेत नियुक्त गरिकसकेकी छन् ।

आगामी कात्तिक २५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘वेलकम टू हेम्जाकोट’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मायाको रेडियो’ बोलको आइटम गीतमा मोडल तथा अभिनेत्री अलिशा शर्मासँग फिल्मका प्रमुख अभिनेता विनोद न्यौपानेले नृत्य गरेका छन् । भिडियोमा अलिशाले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् ।

