Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5509 - 5514 of 23775
काठमाडौं, काठमाडौं, 2022-06-13, सोमवार

गत जेठ १३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ विभिन्न विवादमा पर्दै आएको छ । रिलिजको केही दिनमै अभिनेत्री मिरुना मगरलाई एक बौद्ध भिक्षुले सिनेमा हलमा ‘ब्याड टच’ गरेको घटनाले ठूलो रुप लियो । यसैक्रममा, फिल्ममा केटी नपाएर नायकलाई बौद्ध भिक्षु बनेको देखाइएकोप्रति आपत्ति जनाउँदै एक व्यक्तिले काठमाडौं जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-06-13, सोमवार

अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्मा फिल्म ‘प्रेमगीत’बाट लाइमलाइटमा आएका थिए । अहिले दुवैले बलियो स्टारडम बनाएका छन् । तर, उनीहरुबीच व्यक्तिगत सम्बन्ध राम्रो छैन । यद्यपि, अचानक भेट हुँदा उनीहरुले मित्रवत् व्यवहार देखाउने गरेका छन् । ‘प्रेमगीत’पछि एकसाथ काम नगरेका उनीहरुबीच कसको स्टारडम बलियो भन्नेमा अघोषित लडाइँ रहेको बताइन्छ ।

फिल्मीखबर, मनिष अन्जान, 2022-06-13, सोमवार

प्रायः चहलपहल हुने क्षेत्र हो, भक्तपुरको दरवार स्क्वायर । आन्तरिक र बाह्य पर्यटकका लागि यो आकर्षकको केन्द्रमा पर्ने गर्छ । आइतवार भने दरवार क्षेत्रमा अन्य दिनको तुलनामा बढी नै भीडभाड देखिन्थ्यो । यसको कारण थियो, असार ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सम्झना बिर्सना’को एक गीतको छायांंकन र गीतमा नाच्दै थिए अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ ।

फिल्मीखबर, काठमाडौं, 2022-06-12, आईतवार

भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्के अभिनीत फिल्म ‘प्रकाश’को चार देशका लागि ओभरसिज राइट्स विक्री भएको छ । टिजर सार्वजनिकपछि निर्माण टिमले महंगो मूल्यमा अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोप अधिकार विक्री गरेको हो । तर, चार देशमा कति मुल्यमा फिल्मको राइट्स विक्री भयो भन्ने खुलाइएको छैन । 

फिल्मीखबर, काठमाडौं, 2022-06-12, आईतवार

चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले १४औँ वार्षिकोत्सव मनाउँदै सात जना पत्रकारलाई सम्मान गरेको छ । शनिवार तुलसीपुरको रिपोटर्स क्लबमा एक कार्यक्रमका बीच संघका दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा संघले वार्षिकत्सव मनाएको हो ।

Results : 5509 - 5514 of 23775
Most Visited News (monthly)