
प्रशारणको तयारीमा रहेको एनएनटिभी (नेपाल नेटवर्क टेलिभिजन) ले लघु फिल्म प्रतिस्पर्धाको घोषणा गरेको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ‘एनएनटिभी सर्टस् : मेरो कथा, मेरो सिनेमा’ नामक प्रतिस्पर्धाको घोषणा गर्दै स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) सहित आवेदन आह्वान गरिएको छ । स्क्रिप्ट छनौट भइसकेपछि टेलिभिजनले निर्माण अनुमति प्रदान गर्ने एनएनटिभीका सिइओ दिनेश डिसीले जानकारी दिए ।

गत जेठ १३ गतेभन्दा अगाडि नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड ‘छक्का पञ्जा ३’को नाममा थियो । निर्माता तथा कलाकार दीपकराज गिरीको दाबीलाई विश्वास गर्ने हो भने यो फिल्मले घरेलु बजारमा २० करोड कमाएको थियो । यो रेकर्ड दीपककै समुहले निर्माता रोहित अधिकारीसँग मिलेर बनाएको फिल्म ‘छ माया छपक्कै’ले समेत तोड्न सकेको थिएन । २० करोडको रेकर्ड तोड्नु तत्कालका लागि असम्भव नै मानिएको थियो ।

रंगमञ्चका गुरु मानिने अनुप बरालले फिल्म ‘फिटकिरी’बाट निर्देशकीय यात्रा सुरु गरेका थिए । त्यसपछि उनले फिल्म ‘दोख’ बनाए । करीब ७ वर्ष अगाडि नै निर्माण भएको यो फिल्म भोली शुक्रवार (असार २४) बाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा निर्देशक बरालले माओवादी जनयुद्धको पृष्ठभूमिमा वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलोको कथा प्रस्तुत गरेका छन् । एक स्क्रिप्ट लेखन प्रतियोगितामा प्रथम भएको स्क्रिप्टमाथि उनले फिल्म बनाएका हुन् ।

निर्माताको पीडा बुझ्न एकपटक भए पनि कलाकारले फिल्म निर्माण गर्नुपर्छ भन्ने गरिन्छ । फिल्ममा अभिनय गरेपछि आफ्नो सबै दायित्व सकिएको ठान्ने एकाध कलाकारका कारण कयैन् निर्माता रुँदै हिँड्नु परेको छ । एउटा निर्माताले बैंकबाट ऋण लिएर होस् वा जीवनभर कमाएको पैसाले फिल्म बनाएको हुन्छ । तर, केही कलाकारले पारश्रमिक पाएपछि निर्माताको समस्या र पीडा नै विर्सन्छन् ।


आगामी तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित फिल्म ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक गरिएको छ । यूट्युबमा सार्वजनिक ४४ सेकेन्डको पोस्टरमा एक पात्र हातमा तरवार लिएर प्रस्तुत छन् भने पृष्ठभूमिमा केही पात्रहरु घोडामा सवार देखिन्छन् । फिल्मको कथा बोल्ने गीतलाई पृष्ठभूमिमा राखिएको छ । मोशन पोस्टरमा सुनिने ब्याकग्राउन्ड स्कोरले फिल्मप्रति उत्सुकता पैदा गर्छ ।

