
अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले प्रेम सम्बन्धलाई गत शुक्रवार विवाहमा परिणत गरे । हिन्दू परम्पराअनुसार विवाहको सम्पूर्ण कार्य सकिएपछि यो जोडीले आइतवार काठमाडौंको होटल याक एन्ड यतिमा रिसेप्सन पार्टी दियो । पार्टीमा काठमाडौंका मेयर बालेन शाहदेखि अभिनेता राजेश हमालसम्म नव-विवाहित जोडीलाई बधाई दिन पुगेका थिए ।

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा नौलो होइन । ५ वर्षदेखि उनीहरु प्रेममा छन् । उनीहरुले प्रेम सम्बन्ध पनि कहिल्यै लुकाएनन् । जबदेखि प्रेममा डुबे, मिडियामा पनि खुलेरै व्यक्त गरे । यो जोडीको फिल्ममा समेत सहकार्य हुँदै आएको छ । उनीहरुले ‘मासु भात’, ‘पोइ पर्यो काले’, ‘माइकल अधिकारी’ लगायतका फिल्ममा सँगै काम गरिसकेका छन् ।

संसारका शक्तिशाली देशहरुले कुनै पनि व्यक्तिको लोकप्रियताको आधारमा भिसा दिँदैन भन्ने एउटा उदाहरण अभिनेत्री पूजा शर्मा बनेकी छन् । पूजाले आफू निर्मित तथा अभिनीत सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’को अष्ट्रेलिया प्रिमियरमा सहभागी हुन लागि भिसा आवेदन दिएकी थिइन् । तर, उनलाई अष्ट्रेलियन दूतावासले भिसा प्रदान गर्न अस्वीकार गरेको जानकारी प्राप्त छ ।

गत जेठमा फ्रान्समा भएको विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली अभिनेत्री सुरक्षा पन्तले उपस्थिति जनाएकी थिइन् । आफूले अभिनय गरेको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ कान्सको प्रतिस्पर्धामा छानिएकाले उनले रेड कार्पेटमा हिँड्ने मौका समेत पाइन् । कान्सको रेड कार्पेटमा हिँड्न पाउनु विश्वका सेलिब्रेटीका लागि सपना हो । त्यो अर्थमा सुरक्षा भाग्यमानी बनिन् ।

एउटा उचाईंमा पुगेको कलाकारले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर काम गर्न सक्छ ? यदी सक्छ भने उसले आफ्नो करिअर खुकुरीको धारमाथि राखेको छ । अहिले अभिनेता प्रदीप खड्का त्यहीँ खुकुरीको धारमाथि हिँडिरहेका छन्, जसले उनको करिअर सपार्न पनि सक्छ र ध्वस्त बनाउन पनि । फिल्म ‘प्रकाश’मा उनले बाँचेको चरित्र उनको ‘कम्फर्ट जोन’भन्दा बाहिरको हो ।

शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘बद्री बहादुर’ नेपालअघि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । आगामी जुलाई ३० तारिखमा सिड्नीसहित चार शहरमा फिल्म प्रदर्शन हुने शोभितले जानकारी दिए । छोरी भेट्न हाल अष्ट्रेलियामा रहेका उनले त्यही मौकामा फिल्म प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । फिल्मलाई सिड्नीमा मेगा इभेन्ट र रुक्सल प्रजापतिले प्रदर्शन गर्न लागेका हुन् ।

