
मुस्लिम समुदायबाट फिल्ममा आएका कलाकारहरु औंलामा गन्न सकिने मात्र छन् । त्यसमध्येमा पर्छन्, हसनराजा खान । उनले हिरो बन्न आफ्नै लगानीमा पहिलो फिल्म ‘अलबिदा’ बनाए । त्यसपछि उनले आफ्नै मुख्य भूमिकामा अर्को फिल्म ‘रोमियो’ निर्माण गरे । यी दुई फिल्मपछि भने उनले न फिल्म निर्माण गरेका छन् न अभिनय । पछिल्लो समय उनी आफ्नो व्यवसायमा व्यस्त छन् ।

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नु जति खुशी प्रेम जोडीका लागि अरु के होला र ? अभिनेत्री नीता ढुंगानाले पनि अभिनेता तथा ज्योतिष हरिहर अधिकारीसँगको २ वर्ष १० महिना लामो प्रेम सम्बन्धलाई शुक्रवार विवाहमा परिणत गरिन् । काठमाडौंको पाँचतारे होटल याक एन्ड यतिमा भएको भव्य विवाह समारोहमा दुई पक्षका परिवार र आफन्तसँगै केही फिल्मकर्मी पनि सहभागी थिए ।

अभिनेत्री रेखा थापा ४ वर्षदेखि फिल्ममा देखिएकी छैनन् । आफैंले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’को असफलतापछि उनी फिल्ममा फर्किन समय लगाइरहेकी छन् । एक समय सफलताबाहेक केही नदेखिएकी उनलाई पछिल्लो समय फिल्मबाट असफलताबाहेक केही मिलेको छैन । त्यसैले यतिबेला उनलाई आफ्नो करिअर उठाउन एउटा जबर्जस्त हिट फिल्मको खाँचो छ ।

आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ सार्वजनिक गरिएको छ । शनिवार ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको छ भने किरण भुसालले आवाज दिएका छन् । गीतमा फिल्मका मुख्य कलाकारहरु बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल प्रस्तुत छन् ।

कुनै समय अभिनेता निखिल उप्रेतीलाई ‘कृष्ण कन्हैया’ भनिन्थ्यो भन्ने कुरा नेपाली फिल्म क्षेत्रमा अझै पनि सुन्नमा पाइन्छ । फिल्मी करिअरको उचाईंमा रहँदा उनको नाम धेरै युवतीहरुसँग जोडियो । त्यसबेला निखिलको बोली सुनेपछि युवतीहरु उनको एकोहोरो प्रेममा डुब्ने गरेको बताइन्छ । उनको बोलीले भोजपुरी फिल्मकी एक अभिनेत्रीलाई समेत मोहनी लगायो । उनी हुन्, श्वेता तिवारी ।

‘पञ्चेबाजा’ फेम्ड निर्देशक घनश्याम लामिछानेले ५ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘लण्डन टू पेरिस’को छायांकन सुरु भएको छ । शुक्रवार लण्डनमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । फिल्मका प्रमुख कलाकारहरु साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमाको यो डेब्यू फिल्म हो ।

