Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5407 - 5412 of 23777
मनिष अन्जान, काठमाडौं, 2022-07-05, मंगलवार

यतिबेला अभिनेता अनमोल केसी करिअरको त्यो विन्दूमा छन्, जहाँ पुग्छु भन्ने उनी आफैंले कल्पना गरेका थिएनन् होला । पहिलो फिल्मबाट लागेको ‘लक’ उनलाई छाड्ने पक्षमा छैन । फिल्म ‘होस्टेल’ बाट सफलताको चप्पल पड्काउन सुरु गरेका उनलाई ‘कृ’ र ‘क्याप्टेन’ बाहेक अरु फिल्मबाट निराशा भोग्नु परेन । नयाँ छिमलका कलाकारमा सबैभन्दा सफल फिल्म दिने नायक हुन् उनी ।

फिल्मीखबर, काठमाडौं, 2022-07-05, मंगलवार

अभिनेत्रीबाट निर्देशक बनेकी झरना थापाले लगातार तीनवटा फिल्म हिट दिएर ह्याट्रिक गरिसकेकी छन् । उनी निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज बक्सअफिसमा सफल भएका थिए । अब उनी पहिलो पटक नयाँ नाममा फिल्म निर्देशन गर्ने तयारीमा छिन् । ‘भागवद् गीता’ नाममा बन्न लागेको फिल्मको बैशाखमा जानकी मन्दिर (जनकपुर) मा टिजरको छायांकन भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-07-05, मंगलवार

एक समयका सफल निर्देशक मदन घिमिरेद्वारा निर्देशित एक्सन फिल्म ‘आँधी तुफान २’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक २ मिनेट ३० सेकेन्डको ट्रेलरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको छ । चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिना पात्र (आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ) ले कसरी सखाप गर्छन् भन्ने ट्रेलरमा देखाइएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-07-04, सोमवार

गत बैशाखमा फिल्म ‘हनी बनी’ छाडेपछि दुई महिना मौन देखिएका अभिनेता अनमोल केसीले यतिबेला भकाभक फिल्म साइन गरिरहेका छन् । दुई साताअघि ‘छड्के २’ र गत शुक्रवार सुदर्शन थापाले निर्देशन गर्ने एक अनटाइटल प्रोजेक्ट साइन गरेका उनी सोमवार अर्को फिल्ममा अनुबन्ध भएका छन् । आफू अभिनीत सुपरहिट फिल्म ‘जेरी’को सिक्वेलमा उनी अनुबन्धित भएका हुन् ।

काठमाडौं, काठमाडौं, 2022-07-04, सोमवार

आगामी कात्तिक पहिलो साताबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’मा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापा एकसाथ देखिने भएका छन् । ६ महिना अगाडि छायांकन सकेर डबिङको काम समेत पूरा भइसकेको फिल्म तीन पात्रको त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्देशक टेक पौरखी राईले जानकारी दिए । फिल्म उत्कृष्ट बनेको उनको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-04, सोमवार

गत वर्ष फिल्म ‘ह्यारी की प्यारी’को छायांकन सकाएपछि अभिनेत्री साम्राज्ञी आरएल शाहले नयाँ फिल्म ‘लण्डन टू पेरिस’ साइन गरेकी थिइन् । एक महिना वर्कसपमा समय विताएपछि उनी फिल्मका अन्य तीन कलाकारहरु गरिमा शर्मा, कबीर खड्का र निश्चल खड्काको साथमा सोमवार लण्डन उडेकी छन् । निर्देशकसहितको टोली भने केही दिन अगाडि नै लण्डन पुगिसकेको छ ।

Results : 5407 - 5412 of 23777
Most Visited News (monthly)