
आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाखे’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १० सेकेन्ड लम्बाईको टिजर सस्पेन्स थ्रिलरसँगै एक्सनले भरिएको छ । सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा र रोहित रुम्बालाई स्थान दिइएको टिजरले दर्शकको अपेक्षा र फिल्मको पखाई बढाउने देखिन्छ ।

२०७२ सालको हिट फिल्म ‘परदेशी’को सिरिज ‘परदेशी २’को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । आगामी दशैंलाई लक्षित गरेर असोज १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजरमा अध्ययनका लागि अमेरिका जाने एक युवाको संघर्ष र प्रेम जीवनलाई देखाइएको छ । टिजर हेर्दा अघिल्लो श्रृंखलाभन्दा फिल्मलाई आधुनिक बनाइएको भान हुन्छ ।

अभिनेता तथा चर्चित युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले २ वर्ष १० महिना लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । शुक्रवार विहान १० बजेदेखि दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा उनीहरुको विवाह समारोह चलिरहेको छ । विवाहमा दुलहा र दुलही पक्षका परिवार र आफन्तसँगै उनीहरु निकट केही फिल्मकर्मीहरु मात्र सहभागी छन् ।

रंगमञ्च र फिल्ममा स्थापित धेरै कलाकारका गुरु हुन्, अनुप बराल । कोही उनलाई अभिनय र निर्देशकीय कलाका आधारमा गुरु मान्छन् भने कतिलाई उनी आफैंले अभिनय सिकाएका छन् । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारहरु उनलाई गुरुको दर्जा दिन्छन् । अनुपबाट अभिनय सिकेपछि एउटा कलाकार अभिनयका लागि पूर्ण रुपमा तयार हुने बताइन्छ ।

डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेको फिल्म ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति तय गरेको छ । शुक्रवार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मका अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाह प्रस्तुत छन् । फिल्मले उनीहरुको विवाहको कथा भन्ने पोस्टरले बुझाउँछ ।


