Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5347 - 5352 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-07-18, सोमवार

अभिनेता प्रदीप खड्का अभिनीत दुई आशातित फिल्म ‘प्रकाश’ र ‘प्रेमगीत ३’ यसै वर्ष महिना दिनको अन्तरमा प्रदर्शन हुँदैछन् । भदौ १० गतेबाट ‘प्रकाश’ र असोज ७ गतेबाट ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा छन् । यी दुई फिल्मको विषयवस्तु मात्र फरक छैन, प्रदीपको चरित्र पनि अलग-अलग छ । ‘प्रकाश’मा गाउँले युवक बनेका उनी ‘प्रेमगीत ३’मा भने रोमान्टिक अवतारमा देखिनेछन् ।

फिल्मीखबर, काठमाडौं, 2022-07-18, सोमवार

भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको सुर्वण थापा निर्देशित फिल्म ‘दि सिक्रेट्स अफ राधा’को पहिलो गीत सार्वजनिक भएको छ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै सोमवार सार्वजनिक गरिएको तीज गीत ‘पाउमा पाउजु’मा सज्जा चौलागाईं र स्वस्तिमा ढकालको आवाज रहेको छ भने कालीप्रसाद बाँस्कोटाको संगीत र सृजना खत्रीको शब्द रचना छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-18, सोमवार

नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्ड अहिले अध्यक्षविहीन छ । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको अध्यक्ष पदका लागि गत असार ५ गते तालुकवाला निकाय सञ्चार तथा सूचना मन्त्रालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आवेदन माग गरेको थियो । आवेदन दिन चाहनेहरुका लागि मन्त्रालयले विभिन्न मापदण्ड समेत तोकेको थियो ।

मनिष अन्जान, फिल्मीखबर, 2022-07-18, सोमवार

अभिनेत्री पूजा शर्माले करीब २ महिना अगाडि फिल्म ‘सम्झना बिर्सना’को एक गीत सार्वजनिक कार्यक्रममा भनेकी थिइन्, ‘यो फिल्मका लागि म सक्दो गर्छु । फिल्म हेरिसकेपछि दर्शकले मन पराउने वा मन नपराउने त्यो दोस्रो कुरा हो । तर, म मेरो फिल्मका लागि जे गर्न पनि तयार छु । म होम प्रोडक्सन र बाहिरको फिल्म भनेर कहिल्यै भन्दिनँ । म मात्र सफल हुनुपर्छ भन्ने सोच छैन, निर्माता पनि सफल हुनुपर्छ । पूजाका कारण यस्तो भनेर सुन्न नपरोस् भन्ने लाग्छ ।’

एजेन्सी, मुम्बई, 2022-07-17, आईतवार

बलिउडको इतिहासमा कयौं यस्ता फिल्महरु छन्, जसको बजेटको कुरा गर्ने हो भने त्यसमा निर्माताले पानी सरह पैसा बगाएका थिए । फिल्मको कलाकारदेखि लोकेशनसम्म हरेक चीज वर्ल्ड क्लास राखिएको थियो । तर, ती फिल्म बक्सअफिसमा पछारिए । त्यसैले ठूला स्टार र ठूलो लगानी गर्दैमा फिल्म चल्छ भन्ने सोच्नु मुर्खता हो । फिल्म लगानी र स्टारकास्टले होइन, कन्टेन्टले चल्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-17, आईतवार

टिजर र पोस्टरहरु सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘प्रकाश’ आगामी भदौ १० गतेबाट नेपालसहित विदेशका विभिन्न आठ देशमा एकसाथ प्रदर्शन हुने भएको छ । महंगोमा विदेश राइट्स बिक्री गरेको निर्माण कम्पनी बिनिस इन्टरटेन्मेन्टले नेपालसहित भारत, अष्ट्रेलिया, न्युजिल्यान्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्टमा एकसाथ फिल्म प्रदर्शनमा आउने जनाएको छ । 

Results : 5347 - 5352 of 23779
Most Visited News (monthly)