
कोरोना महामारीको समयमा सार्वजनिक भएको ‘फूलबुट्टे सारी’ गीतले यदी कसैलाई सबैभन्दा बढी फाइदा मिल्यो भने त्यो मलिका महतलाई हो । यो गीतमा अभिनय गर्नुअघि उनी गुमनाम जस्तै थिइन् । न मिडियामा खासै चर्चा हुन्थ्यो न हातमा प्रशस्त काम थियो । तर, ‘फूलबुट्टे सारी’ गीतमा अभिनेता पल शाहसँग केमेस्ट्री र सुन्दरतालाई दर्शकले सर्वाधिक रुचाउँदा मलिकाको भाग्य बल्यो ।

कुनै समय गाउँ-घरदेखि शहरसम्म माइकिङ र भित्ताहरुमा पोस्टर टाँसेर फिल्म प्रदर्शनको जानकारी गराइन्थ्यो । यत्तिको भरमा पनि फिल्म हेर्न दर्शकहरु हलसम्म ओइरिन्थे । तर, अहिले जमाना फेरिएको छ । माइकिङ वा पोस्टर टाँसेर हलसम्म दर्शक तान्न लगभग असम्भव छ । गतिलोसँग र फरक शैलीमा प्रचार गर्न सकिएन भने फिल्म हलमा लागेको र उत्रेको समेत अत्तोपत्तो हुँदैन ।

२०६३ सालमा प्रदर्शन भएको फिल्म ‘दिलमाया’लाई निर्देशक राजु गिरीले सिरिजको रुपमा अगाडि बढाएका छन् । यो फिल्म प्रदर्शनको १६ वर्षपछि उनले फिल्म ‘दिलमाया २’ बनाएका छन् । बुधवार दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी पुष २९ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ । दुईमध्ये एउटा पोस्टरमा किरण नेपाली र अर्को पोस्टरमा सन्जीला पौडेल प्रस्तुत छन् ।

सन् २००० मा आएको फिल्म ‘कहो ना प्यार है’बाट आफ्नो करिअरको सुरुवात गरेका अभिनेता ऋतिक रोशनले एकसेएक हिट र सम्झनलायक फिल्म दिइसकेका छन् । ‘कृष’, ‘जोधा अकबर’, ‘सुपर ३०’, ‘काबिल’, ‘धूम’, ‘वार’, ‘जिन्दगी ना मिलेगी दोबारा’ जस्ता फिल्मबाट आफूलाई अभिनयसँगै नृत्य र एक्सनमा पनि अब्बल प्रमाणित गरेका उनी बलिउडका महंगा अभिनेतामध्येमा पर्छन् ।

नेपाली समाजले भोगेको एउटा कहालीलाग्दो कालखण्ड हो, माओवादी-सशस्त्र जनयुद्ध । जुन उद्देश्यका लागि जनयुद्ध भएको थियो, त्यसको प्राप्ति भयो वा भएन त्यो बहसको विषय रहला । तर, दश वर्षे जनयुद्धले छाडेका गहिरा घाउहरु अझै आला छन् । जनयुद्धमा मृत्यवरण गरेका वा बेपत्ता भएका परिवारले भोगिरहेको दुःख र पीडा जनयुद्धकालको समयभन्दा कम दर्दनाक छैनन् ।

आज गुरुपूर्णिमा । आफूलाई शिक्षा र ज्ञान प्रदान गर्ने गुरुको सम्मानमा गुरुपूर्णिमा मनाइने गरिन्छ । अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई सम्मानपूर्वक गुरु भनिन्छ । गुरु पूर्णिमाको अवसरमा प्रायःले सामाजिक सञ्जालमार्फत् आ-आफ्ना गुरुलाई सम्झिएका छन् भने कतिले भेटेरै गुरुको आर्शिवाद लिएका छन् । फिल्मकर्मीहरुले पनि आफ्ना गुरुलाई सम्झिँदै सम्मान भाव प्रकट गरेका छन् ।

