
कोरोना महामारी साम्य भएर सिनेमा हलहरु पुरानै लयमा फर्किन थालेपछि नेपाली फिल्महरु निरन्तर प्रदर्शनमा आइरहेका छन् । कोरोनाले अड्किएका र नयाँ बनेका फिल्महरुले प्रदर्शनका लागि उपयुक्त मिति खोज्ने क्रममा नेपाली फिल्मसँगै भिडन्त गर्नुपर्ने अवस्था सृजना भएको छ । जसले गर्दा एउटै कलाकारको फिल्म समेत एउटै मितिमा वा हप्ता दिनको अन्तरमा प्रदर्शन हुँदैछन् ।

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’लाई ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्तो ‘फुल’ कमर्शियल फिल्मका निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । बासी र घिसिपिटी लभस्टोरीलाई चटक्क छाडेर फिल्म ‘प्रसाद’देखि आफ्नो ‘ट्रयाक’ परिवर्तन गरेका उनी अब नेपाली समाजभित्रको मुद्धालाई देखाउनु पर्छ भन्ने सोचबाट निर्देशित छन् । त्यसैको जन्म हो, ‘प्रकाश’ ।

अभिनेत्री मिरुना मगरका लागि यो वर्ष उचारचढावपूर्ण रह्यो । आफ्नो करिअरमा पहिलो पटक फिल्म ‘कबड्डी ४’बाट हिटको सुःख प्राप्त गर्दैगर्दा यही फिल्म रिलिजको बेला ‘ब्याड टच’ प्रकरणले उनलाई विवादमा पनि तान्यो । फिल्म प्रदर्शन भइरहेको समयमा लण्डन उडेकी उनले अध्ययनमा पनि महत्त्वपूर्ण सफलता हासिल गरेकी छन् । उनले लण्डनबाट मास्टर डिग्री पूरा गरेकी छन् ।

रन्जित रौनियार निर्देशित फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लम्बाईको ट्रेलरमा कमेडी, लभ, सोसियल ड्रामा, इमोसन सबै मिश्रित छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठको घर झगडाबाट सुरु भएको ट्रेलर पीडादायक कथा भन्दै सकिएको छ ।

साउथ फिल्मका सुपरस्टार राम चरणको एउटा उदाहरण दिँदै प्रशंग सुरु गरौं । उनको दुई फिल्म ‘आरआरआर’ र ‘आचार्य’ एक महिनाको अन्तरमा प्रदर्शनमा आएका थिए । तर, ‘आरआरआर’ बक्सअफिसमा ब्लकबस्टर हुँदा ‘आचार्य’ टाँट पल्टियो । एउटै कलाकारको एउटा फिल्मले इतिहास रच्ने अनि अर्को फिल्मले घुँडा टेक्ने कसरी भयो ? स्पष्ट छ, स्टार पावरले मात्र फिल्म चल्दैन ।

आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रकाश’मा काम गरेपछि हटकेक अभिनेता प्रदीप खड्काको अभिनय र चरित्रप्रतिको बुझाईमा ठूलो परिवर्तन आएको छ । कुनै बेला हिरो भन्दा मख्ख पर्ने उनी अचेल कलाकारको रुपमा सम्बोधन हुँदा खुशी महशुस गर्छन् । त्यसैले होला, अहिले उनी आफू हिरोबाट कलाकार बन्ने प्रयासमा रहेको अभिव्यक्ति दिँदै हिँडिरहेका छन् ।

