
आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्कालाई दर्शकले चकलेटी अवतारमा देख्न पाउने छैनन् । यसपटक उनले आफ्नो ‘कम्फर्ट जोन’भन्दा पूरै बाहिर निस्किएर काम गरेका छन् । फिल्ममा उनले जुम्लाको जीवन बाँचेका छन् । जुन खालको चरित्र र फिल्म खेलेर प्रदीपले आफ्नो स्टारडम तिखारे, ‘प्रकाश’ त्योभन्दा अलग प्रकृतिको छ ।

गत वर्ष पूजा शर्माले हिरासतमा रहेका अभिनेता पल शाहको नाममा आँशु झारेर फिल्म ‘म यस्तो गीत गाउँछु २’ चलाएको आरोप लाग्यो । तर, यही शुक्रवारबाट प्रदर्शनमा आएको उनको अर्को फिल्म ‘सम्झना बिर्सना’ले भने दर्शकको साथ नै पाएको छैन । जसले गर्दा फिल्म चलाउन कलाकार रुँनै पर्ने रहेछ भन्ने खालको टिका-टिप्पणी यतिबेला फिल्मवृत व्यापक रुपमा भइरहेको छ ।

दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट १४ सेकेन्डको ट्रेलरमा फिल्मको मूल कथालाई प्रस्ट्याउन खोजिएको छ । सरकारी स्कूलको शिक्षक बन्न गाउँको एउटा दूरदराजको युवकले गर्नुपरेको संघर्ष र बेपत्ता श्रीमानको पखाईमा रहेकी एक महिलाको कथालाई ट्रेलरमा देखाइएको छ ।

विश्वभर ठूलो फ्यान फलोइंग बनाएका साउथका कयैन् स्टारहरुले बलिउड फिल्ममा समेत काम गरेका छन् । कति स्टारहरु भने बलिउड फिल्ममा काम गर्नुलाई समयको बर्बादी मान्छन् । यस्तैमा, साउथ सुपरस्टार अल्लू अर्जुनले बलिउड फिल्ममा गर्न सक्ने संकेत गरेका छन् । राम्रो स्क्रिप्टबाट अफर आएको खण्डमा बलिउड फिल्ममा काम गर्न कुनै समस्या नभएको उनको भनाई छ ।

जगजाहेर छ, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा छन् । ४ वर्षभन्दा लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरु यसै वर्षको मंसिरमा विवाहमा परिणत गर्ने तयारीमा छन् । प्रेममा डुबेपछि उनीहरुबीच व्यवसायिक सहकार्य पनि हुँदै आएको छ । ‘पोइ पर्यो काले’, ‘माइकल अधिकारी’, ‘द सिक्रेट अफ राधा’ जस्ता फिल्ममा उनीहरुले एकसाथ काम गरेका छन् ।

फिल्म ‘लुट’ बनाएर नेपाली फिल्मको रुपरेखा बदलेका निर्देशक निश्चल बस्नेत २०१७ मा आएको ‘लुट’को सिक्वेलपछि निर्देशनमा फर्किएका छैनन् । गएको पाँच वर्षमा उनले केही फिल्म निर्देशन गर्न लागेको खबर बाहिर नआएको होइन । लकडाउनअघि उनी फिल्म ‘जिन्दावाद’ बनाउने अन्तिम तयारीमा समेत थिए । तर, फाइनल भइसकेको स्क्रिप्ट चित्त नबुझेपछि उनले फिल्म थन्काए ।

