Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5329 - 5334 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-07-22, शुक्रवार

२०७६ सालमा प्रदर्शन भएको फिल्म ‘छ माया छपक्कै’पछि दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्न लागेको नयाँ फिल्मका लागि मुख्य भूमिकामा दुई अभिनेत्रीको टुंगो लागेको छ । निर्माण टिमले अभिनेत्री द्वय बेनिशा हमाल र मलिना जोशीलाई अनुबन्ध गरेको हो । लामो समयदेखि फ्लप फिल्मको बोझ खेप्दै आएका यी दुई अभिनेत्रीलाई यसपटक भने राहत मिल्ने देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-22, शुक्रवार

२०७५ सालमा प्रदर्शन भएको फिल्म ‘चंगाचेट’को दोस्रो सिरिज निर्माण हुने भएको छ । शुक्रवार चलचित्र विकास बोर्डमा निर्मात्री शर्मिला पाण्डेले फिल्मको नाम दर्ता गराएकी हुन् । आगामी मंसिरपछि छायांकन सुरु हुने फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन् । यसको अघिल्लो श्रृंखलाको निर्देशक पनि उनी नै हुन् । उनले अब स्क्रिप्ट लेखनको काम सुरु गरिने जानकारी दिए । 

फिल्मीखबर, काठमाडौं, 2022-07-22, शुक्रवार

नेपालमा शारीरिक रुपमा फिट नायकको नाम लिनुपर्दा सविन श्रेष्ठ छुट्दैनन् । फिल्म ‘अन्दाज’बाट नायकको रुपमा डेब्यू गरेका उनी सिक्स प्याकका धनी छन् । उनी आजका दिनमा पनि दिनहुँ घन्टौंसम्म जिममा पसिना बगाउँछन् । तर, उनको शरीर जति विशाल छ, उनको आवाज त्यति बोल्ड छैन । जसले गर्दा उनले अभिनय गरेका प्रायः फिल्ममा अर्कैले आवाज भर्ने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-07-22, शुक्रवार

गायन पृष्ठभूमिका कयैन् गायकहरु नेपाली फिल्मको नायक समेत बनेका छन् । लोकप्रिय गायक रामकृष्ण ढकालले समेत गायक करिअरको उचाईंमा रहँदा फिल्म ‘आर्शिवाद’मा मुख्य भूमिकामा अभिनय गरेका थिए । दरबार हत्याकाण्डको समयमा प्रदर्शन भएकाले फिल्म व्यवसायिक रुपमा खासै सफल हुन सकेन । तर, रामकृष्णको गायकी झैं अभिनयको पनि प्रशंसा भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-07-21, बिहिवार

फिल्म प्रदर्शनको संघारमा हुँदा कलाकारहरुको प्रेम सम्बन्धको चर्चा उत्कर्षमा रहन्छ । भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’का अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री पनि गहिरो प्रेममा रहेको चर्चा यतिबेला व्यापक छ । बिहीवार पुष्पको जन्मदिन सेलिब्रेट गर्न श्रद्धा भारतबाट धाइधाइ नेपाल आउनुले उनीहरुबीच प्रेमको अंकुरण भएको कुरा नकार्न सकिन्न ।

फिल्मीखबर, काठमाडौं, 2022-07-21, बिहिवार

साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको सुवर्ण थापा निर्देशित फिल्म ‘म’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको २ मिनेट १९ सेकेन्डको ट्रेलर सस्पेन्स शैलीमा तयार पारिएको छ । विरामीको रुपमा अस्पताल छिरेको एक पात्रको अपराधिक घटनासँगको कनेक्सनमा फिल्म आधारित रहेको ट्रेलरबाट स्पष्ट बुझ्न सकिन्छ ।

Results : 5329 - 5334 of 23779
Most Visited News (monthly)