Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5359 - 5364 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-07-15, शुक्रवार

जेठ १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’पछि नेपाली फिल्मको व्यापार दयनीय बनेको छ । आशातित फिल्मले समेत दर्शकको साथ पाउन सकेका छैनन् । केही वर्षयता सिरिज फिल्मलाई मात्र दर्शकले विश्वास गरेको देखिन्छ । गत वर्ष ‘म यस्तो गीत गाउँछु २’ले नाफा कमायो भने यस वर्ष ‘ए मेरो हजुर ४’ र ‘कबड्डी ४’ सफल भए । अरु फिल्मको अवस्था हेर्न लायक रहेन ।

फिल्मीखबर, काठमाडौं, 2022-07-14, बिहिवार

कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको फिल्म ‘म’को दुईवटा पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नव-अभिनेता संजोग रसाइलीलाई केन्द्रमा राखिएको छ । उनको लुक्सले कौतुहलता पैदा गर्छ । फिल्मका अन्य कलाकारहरु सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने र पुनम श्रेष्ठलाई पनि पोस्टरमा स्थान दिइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-14, बिहिवार

आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रेमकथानक फिल्म ‘कृष्ण लीला’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । बिहीवार डिआर मुभिजको यूट्युब च्यानलबाट सार्वजनिक भएको २ मिनेट ५५ सेकेन्ड लम्बाईको ट्रेलरमा फिल्मका दुई पात्र कृष्ण (पुष्प खड्का) र लीला (श्रद्धा क्षेत्री) बीचको प्रेम र विछोडको कथालाई देखाइएको छ । ट्रेलरमा पुष्प अटिजम क्यारेक्टरमा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2022-07-14, बिहिवार

बुधवारबाट फिल्म ‘प्रसाद २’को छायांकन सुरु हुँदै थियो । कास्कीको ल्वाङ गाउँमा फिल्मको मुहूर्त गरियो र निर्देशक सुदर्शन थापा कलाकारको ‘टेक’ लिन तयार भए । छायाँकार राजेश श्रेष्ठले क्यामेरा ‘अन’ गरे । तर, मेकअप समेत गरिसकेका कलाकारहरु ‘टेक’ दिन तयार भएनन् । अभिनेता विपिन कार्कीले स्टोरी बोर्ड र मूड बोर्ड बिना काम नगर्ने अडान लिएपछि निर्देशक सुदर्शन थापासँग केहीबेर ठूलै चर्काचर्की भयो ।

फिल्मीखबर, काठमाडौं, 2022-07-14, बिहिवार

फिल्म ‘होस्टेल रिर्टन्स’मा मधेशी चरित्रमा उम्दा अभिनय गरेपछि चर्चामा आएका अभिनेता नाजिर हुसेनले त्यसपछि हातमा आएका कुनै फिल्म छाडेनन् । केही फिल्ममा लिड रोलमा देखिए भने प्रायः फिल्ममा सहायक चरित्रमा काम गरे । तर, पछिल्लो पटक ठूलो आश गरेको फिल्म ‘वीर विक्रम २’ पत्तासाफ भएपछि केही हच्किएका उनले कोभिडयता नयाँ फिल्ममा काम गरेका छैनन् । 

फिल्मीखबर, काठमाडौं, 2022-07-14, बिहिवार

अभिनेता रेमनदास श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । उनले जर्मनकी प्रेमिका जना मुद्रासँग लगनगाँठो कसेका हुन् । बिहीवार काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा उनीहरुको वैवाहिक कार्यक्रम चलिरहेको छ । यो रेस्टुरेन्ट रेमनले अभिनेत्री नम्रता श्रेष्ठसँग मिलेर खोलेका हुन् । रेमनको विवाह कार्यक्रमका लागि बिहीवार एटिकले ग्राहकलाई दिने सुविधा बन्द गरेको छ ।

Results : 5359 - 5364 of 23779
Most Visited News (monthly)