
एक समय लगभग प्रायः फिल्मले हलमा प्रदर्शनको ५१औं दिन सजिलै मनाउने गर्थे । केही फिल्मले त रजत जयन्ती पनि मनाउने गरेका थिए । तर, एनलगको जमानाको अन्त्यपछि नेपाली फिल्मका लागि ५१औं र सय दिनको उत्सव दुर्लभ बनेको छ । दुई-चार वर्षमा एकाध फिल्मले भने जेनतेन ५१औं दिन मनाउने गरेका छन् । तर, प्रायः फिल्म थिएटरमा एक हप्ता पनि टिक्न सक्दैनन् ।

अभिनेत्री पूजा शर्माको विवादसँग के नाता छ कुन्नी, जे बोली पनि विवादित हुन्छ । उनको विवादसँग नंग र मासुको जस्तो सम्बन्ध छ भन्दा फरक पर्दैन । विवादले उनलाई सधैं छायाँ झैं पछ्याइरहेको छ । जसले गर्दा उनीप्रतिको दृष्टिकोणमा त परिवर्तन आएको छ नै, उनको करिअरलाई समेत धक्का पुग्दै गएको छ । उनी बोल्दा संयमित हुन नसक्नु नै विवाद जन्मनुको प्रमुख कारण हो ।

चकलेटी अवतारमा रुचाइएका अभिनेता प्रदीप खड्का आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’मा भिन्न चरित्रमा प्रस्तुत छन् । अझ भनौं, उनी आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएका छन् । उनको ‘कम्फर्ट जोन’ त हिरोइनसँग रोमान्स गर्ने, विछोड भएपछि रुँदै सिरानी भिजाउने, दुई-चारजना गुन्डाहरुलाई बाङबुङ हिर्काएर हिरोइन पट्याउने खालको हो ।

कलाकार, निर्देशक तथा निर्माता नवल खड्काले नेपाल-भारतको सीमानामा काँडेतार लगाउनु पर्ने प्रस्तावसहित फिल्म ‘काँडेतार’ निर्माण गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच विद्यार्थी नेताहरुसँग छलफल गर्ने क्रममा उनले नेपालका लागि खुला सीमाना अत्यन्त घातक रहेकाले फिल्मको माध्यमबाट काँडेतार लगाउनु पर्ने प्रस्ताव अगाडि सारेको बताए ।

विकास गिरीको डेब्यू निर्देशनमा फिल्म ‘बिजुली : च्याप्टर एक’ निर्माण हुने भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमका बीच फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरियो । निर्देशक गिरीकै लेखन रहेको फिल्मको निर्माता लुना केसी हुन् । फिल्ममा मुकुन भुषाल, बेनिशा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छानिने निर्देशक गिरीले बताए ।

कुकुर र विरालो मिलेर बस्न सक्दैनन् भनिन्छ । हो पनि, यी जनावरहरु एकसाथ भए भने सानोतिनो युद्ध नै हुन्छ । पछिल्लो समय नेपाली कलाकार र निर्माता-निर्देशकले पनि कुकुर र विरालोको स्वभाव जस्तै एकअर्कासँग मिल्न नसक्ने उदाहरण पेश गरिरहेका छन् । यसको तात्तातो उदाहरणको रुपमा फिल्म ‘प्रसाद २’लाई लिन सकिन्छ । दुई हप्ता लामो वर्कसपपछि पहिलो सिन खिच्ने बेला टिमभित्र लफडा उत्पन्न भएपछि फिल्मको छायांकन नै स्थगन भएको छ ।

