Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5323 - 5328 of 23779
काठमाडौं, काठमाडौं, 2022-07-24, आईतवार

आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘प्रेमगन्ज’को युरोप प्रदर्शन अधिकार बिक्री भएको छ । जर्मनीस्थित लोकाह फिल्म इन्टरनेशनलले फिल्मको युरोप प्रदर्शन अधिकार खरिद गरेको हो । आइतवार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी फिल्मझैं ‘प्रेमगन्ज’ पनि युरोपको हलमा नै प्रदर्शन हुने जानकारी गराएको छ । नेपाल र युरोपमा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-24, आईतवार

साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म’को टिमले प्रचारलाई प्रभावकारी बनाउन विभिन्न शैली अपनाएको छ । केही दिनअघि काठमाडौंको सडकमा हिँड्ने आम-मानिसलाई फिल्मको बारेमा जानकारी गराइएको थियो । प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकहरुको फिल्मप्रति ध्यान खिच्न काठमाडौंको चोक-चोकमा राखिएको डिजिटल स्क्रिनहरुमा ट्रेलर देखाउन सुरु गरिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-07-23, शनिवार

अभिनयका पारंगत मानिने खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशन गरेको फिल्म ‘पानीफोटो’ यही साउन १३ गतेबाट प्रदर्शनमा आउँदैछ । करीब १८/१९ वर्षअघि गुरुकुलमा मञ्चन भएको ‘पानीफोटो’ नाटकको कथामाथि उनले फिल्म बनाएका हुन् । नाटकको कथा तथा निर्देशन खगेन्द्र स्वयंको थियो । फिल्ममा द्वन्द्वकालिन समयमा बेपत्ता भएका परिवारको कथालाई प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-23, शनिवार

युवापुस्तामाझ गजबको क्रेज बनाएका अभिनेता प्रदीप खड्का अभिनीत नयाँ फिल्म ‘प्रकाश’ आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । डेब्यू फिल्मदेखि आफूलाई चकलेटी भूमिकामा सीमित रहेका उनले यो फिल्मबाट आफ्नो दायरा फराकिलो बनाएका छन् । लभर ब्वाईको छवि भत्काउन उनले ‘प्रकाश’मा निर्वाह गरेको भूईंमान्छेको चरित्र कोशेढुंगा सावित हुन सक्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-07-22, शुक्रवार

‘मिस नेपाल’बाट उदाएकी नीति शाह अब फिल्मकी अभिनेत्री बन्ने भएकी छन् । उनले निर्माणको तरखरमा रहेको फिल्म ‘एक्स ९’ साइन गरेकी हुन् । अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कामध्ये एकको फिल्मबाट डेब्यू गर्ने इच्छा देखाएकी उनले अन्ततः अनमोलकै मुख्य भूमिका रहने फिल्मबाट अभिनेत्री बन्ने सौभाग्य पाएकी छन् । मुकुन्द भट्टको निर्देशनमा फिल्म बन्न लागेको हो । 

फिल्मीखबर, काठमाडौं, 2022-07-22, शुक्रवार

साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म’को टिमले आम-मानिससँग प्रत्यक्ष रुपमा आमने-सामने हुने उद्देश्यसहित सडकबाट प्रचार सुरु गरेको छ । शुक्रवार फिल्मको टिमका सदस्यहरुले अनुहारमा कलात्मक पेन्टिङ्गसहित ‘म’ अंकित टिसर्ट लगाएर काठमाडौंका विभिन्न चोक तथा गल्लीहरुमा सर्वसाधारणसँग प्रत्यक्ष भेट गर्दै फिल्मको बारेमा जानकारी गराएका थिए ।

Results : 5323 - 5328 of 23779
Most Visited News (monthly)