
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले सिनेमा घरहरुलाई संरक्षण गर्न सकेको खण्डमा मात्र नेपाली फिल्म क्षेत्र सफल हुने धारणा राखेका छन् । बुधवार हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले फिल्म क्षेत्रलाई बलियो बनाउन हलहरुलाई संरक्षण गर्नुपर्ने बताएका हुन् ।

कलाकार भएपछि फिल्मको पात्रलाई जीवन्त रुपमा निर्वाह गर्न सक्ने खुबी हुनुपर्छ र फरक चरित्रमा आफूलाई ‘एक्सपेरिमेन्ट’ गर्ने हिम्मत पनि गर्नुपर्छ । नयाँ छिमलका कलाकारहरु यसप्रति खासै गम्भीर देखिँदैनन् । एउटा चरित्रमा दर्शकले रुचाएपछि उनीहरु त्यसबाट मुक्त हुनै चाहँदैनन् । त्यसैले हरेक फिल्ममा उनीहरुको एकैखाले चरित्र र उस्तै अभिनय हुन्छ । फरकपन नै भेटिँदैन ।

कोरोना महामारीयताको अवस्था निहाल्दा भारतमा होस् वा नेपालमा, ठूला भनिएका बलिउड फिल्म खासै चलेका छैनन् । कार्तिक आर्यन अभिनीत फिल्म ‘भूल भूलैयाँ २’को प्रदर्शन अघि वा पछि अन्य बलिउड फिल्मले बक्सअफिसमा ठूलो अंक जोड्न सकेनन् । एकपछि अर्को आशातित फिल्म डुबेका डुब्यै छन् । अक्षय कुमारदेखि अजय देवगनसम्मका फिल्म बक्सअफिसमा टाँट पल्टिए ।

युवापुस्तामाझ चर्चित नाम हो, सिसन बानियाँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडासँग नाम जोडिएपछि थप चर्चामा आएका उनले केही वर्षदेखि नेपालका विभिन्न रमणीय ठाउँहरुलाई भ्लगमार्फत् देखाउँदै आएका छन् । सम्भवतः उनले भ्लग बनाउनका लागि नेपालको कुनै पनि ठाउँ पुग्न बाँकी राखेका छैनन् । भ्लगबाटै उनले शहरीया युवापुस्ताको ठूलो जमातमा आफूलाई चिनाएका हुन् ।

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रकाश’ले शिक्षकको विशेषता वा महत्वबारे कविता प्रतियोगिताको घोषणा गरेको छ । फिल्मको मूल कथाअनुसार निर्माण टिमले शिक्षकबारे कविता प्रतियोगिताको आयोजना गरेको हो । निर्माता महेन्द्र अधिकारीका अनुसार, प्रतियोगितामा कलेज तथा स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन सक्नेछन् ।

अनुप बरालको निर्देशनमा बनेको फिल्म ‘दोख’को नेपाल प्रदर्शन लगत्तै अष्ट्रेलियामा विशेष शो गरिएको छ । सोमवार अष्ट्रेलियाको सिड्नीमा भएको विशेष शोमा उल्लेख्य संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो । आफ्नो फिल्म ‘बद्री बहादुर’को प्रिमियरमा सहभागी हुन अष्ट्रेलिया पुगेका निर्देशक शोभित बस्नेतले पनि ‘दोख’ हेरेका थिए । अष्ट्रेलिया शोमा फिल्मलाई प्रशंसा मिलेको छ ।

