
एउटी आमाका लागि सन्तान कति प्रिय हुन्छन् होला ? सन्तान जति नै भए पनि आमाको माया कसैलाई कम र कसैलाई बढी हुन्छ होला र ? सम्भवतः यसको जवाफ दिन आवश्यक छैन । आमाको मायालाई ब्याख्या गर्ने कुनै शब्दकोष छैन । कलाकारका लागि आफूले अभिनय गरेको फिल्म पनि सन्तानभन्दा कम हुँदैन । महिनौं समय दिएको फिल्मप्रति हरेक कलाकारको बेग्लै प्रेम हुन्छ ।

फिल्म ‘कबड्डी ४’यता एकपछि अर्को आशातित फिल्महरुले दर्शक तान्न नसकिरहेको अवस्थामा शुक्रवारबाट दुई नेपाली फिल्म ‘म’ र ‘चपली हाइट ३’ प्रदर्शनमा आएका छन् । ‘चपली हाइट ३’ तेस्रो पटक प्रदर्शन भएको हो । पहिलो प्रदर्शन कोरोनाले विथोलेको थियो भने दोस्रो प्रदर्शनमा दर्शकहरुले फिल्म हेर्ने रुचि नै देखाएनन् । अब तेस्रो प्रदर्शनको नतिजा कस्तो आउँछ, हेर्न बाँकी छ ।

असार ३१ गते नेपालमा प्रदर्शन भएको निमेष प्रधान निर्देशित फिल्म ‘सम्झना बिर्सना’लाई अब भारतका विभिन्न शहरमा प्रदर्शन गरिने भएको छ । दार्जिलिङ निवासी रेविका प्रधान र आदित्य प्रधानले मिलेर निर्माण गरेको फिल्मलाई आगामी ९ सेप्टेम्बर (भदौ २४ गते) बाट पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलगुडी, जय गाउँलगायतका ठूला शहरहरुमा प्रदर्शन गर्न लागिएको हो ।

फिल्मको जग भनेकै स्क्रिप्ट हो । जब स्क्रिप्टमै पर्याप्त लगानी र मिहेनत गरिँदैन भने फिल्म कसरी राम्रो बन्न सक्छ ? तर, नेपालमा स्क्रिप्टभन्दा नाम चलेका कलाकारलाई साइन गराउन मेकरहरुले बढी मिहेनत गर्छन् । कलाकारलाई ३०-४० लाखसम्म तिर्न सहर्ष तयार हुने निर्माताहरु स्क्रिप्ट राइटरलाई भने एक/दुई लाख दिएर झारो टार्छन् । अनि, लेखकले पनि स्क्रिप्टमा किन मिहेनत गर्छ ?

एक समय अभिनेता राजेश हमालले मुख्य नायक भएर तीन सयभन्दा बढी फिल्ममा अभिनय गरे । तर, यतिबेला उनलाई बुबाको भूमिकाको प्रस्तावहरु बढी पुग्ने गरेको छ । हालसालै उनलाई ‘छड्के २’मा अभिनेता अनमोल केसी र ‘फूलबारी’मा अभिनेता दयाहाङ राईको बुबाको भूमिकाको प्रस्ताव पुगेको थियो । तर, हमालले अहिले नै बुबाको भूमिकामा काम गर्न रुचि देखाएनन् ।

यस वर्षको आशातित फिल्म ‘कृष्ण लीला’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । अष्ट्रेलिया निवासी निकेश मानन्धरले फिल्मको राइट्स खरिद गरेका हुन् । बिहीवार राजधानीमा निकेशका प्रतिनिधि महेन्द्र अधिकारी र निर्माताबीच अष्ट्रेलिया राइट्स बिक्रीको सम्झौता पत्र आदान-प्रदान भयो । प्राप्त जानकारी अनुसार, फिल्मको अष्ट्रेलिया राइट्स ८ लाखमा बिक्री भएको हो ।

