
‘प्रेमगीत’ निर्माता सन्तोष सेन मनकारी निर्माताको रुपमा चिनिन्छन् । उनी फिल्म मेकिङदेखि पब्लिसिटीसम्म कुनै कञ्जुसाईँ नगरी पैसाको खोलो बगाउँछन् । प्रायः हरेक निर्देशकलाई उनी जस्ता निर्माताको सधैं खाँचो रहने गर्छ । तर, नेपालमा फिल्म मेकिङ र पब्लिसिटीमा आवश्यकता अनुसार खर्च गर्ने निर्माताहरुको संख्या कम छ । निर्माताले नै मुठ्ठी कसेपछि फिल्म राम्रो बन्नै सक्दैन ।



ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माबीचको नोकझोंक र लडाइँले ट्रेलरमा रोमान्चकता थपेको छ । फिल्ममा उनीहरु जेठानी-देवरानीको भूमिकामा छन् ।

आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘लाखे’को रिलिज पोस्डपोन्ड भएको छ । निर्माण टिमले फिल्मलाई डेढ महिना पछाडि धकेल्दै कात्तिक ११ गते (भाईटीकाको भोलीपल्ट) लाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । भिएफएक्स, मिक्सिङ्ग लगायतका प्राविधिक काम मुम्बईमा भइरहेकाले पूर्वघोषित मितिमा प्रदर्शन गर्न सम्भव नभएको निर्देशक सम्राट बस्नेतले बताए ।

एक समय नेपाली फिल्म क्षेत्र हाँकेका नायक हुन्, आर्यन सिग्देल । लभर ब्वाईको भूमिकामा उनी निर्विकल्प झैँ थिए । युवापुस्तामा गजबको क्रेज बनाएका उनलाई एक दशक फिल्मको कमी भएन । न त हिट फिल्मका लागि भौतारिनु पर्यो । तर, करिअरको उचाईंमा रहँदा फिल्म छनौटमा उनी गम्भीर हुन सकेनन् । त्यसको प्रतिफल स्वरुप यतिबेला उनको स्टारडम कमजोर बनेको छ ।

