Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1699 - 1704 of 23772
फिल्मीखबर, काठमाडौं, 2025-01-05, आईतवार

ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली फिल्म क्षेत्रकै लागि कोशेढुंगा सावित भयो । यसले जुन रुपमा व्यापार गरेको छ, त्यो नेपाली फिल्मका लागि अभूतपूर्व सफलता हो । तर, यो फिल्मले ठूलो व्यावसायिक सफलता हासिल गरे पनि यसका निर्देशक सरोज पौडेल भने खासै ‘लाइमलाइट’मा आउन सकेनन् । अभिनेता विजय बरालको अभिनयको चर्चाले उनी पूरै ओझेलमा परे ।

फिल्मीखबर, काठमाडौं, 2025-01-05, आईतवार

बाल्यकालमै गायन कलाका कारण चर्चामा आएका अशोक दर्जीले अभिनयमा डेब्यु गर्न लागेको फिल्म ‘मन विनाको धन ठूलो कि धन विनाको मन’मा कलाकारको लाइनअप बलियो बनेको छ । गायक तथा संगीतकार टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा अशोक स्वयं मुख्य भूमिकामा देखिनेछन् भने मुख्य अभिनेत्रीमा नीता ढुंगानालाई अनुबन्धित गरिएको छ ।

एजेन्सी, काठमाडौं, 2025-01-04, शनिवार

दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रूल’ले सन् २०२४ मा सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्मको कीर्तिमानी आफ्नो नाममा बनाउन सफल भयो । यसले हिन्दी भर्सनमा ८ सय करोड नेट र विश्वव्यापी १८ सय करोड कमाइसकेको छ । गत वर्ष ‘स्त्री २’ र ‘कल्की’ले पनि ठूलो कमाइ गरे । तर, २०२४ मा सबैभन्दा धेरै नाफा कमाउने फिल्मको पहिलो स्थानमा भने यी कुनै पनि छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-03, शुक्रवार

आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘सपनीमा’ बोलको रोमान्टिक गीतमा करुण थापाको शब्द तथा संगीत छ भने इन्दिरा जोशी र करण परियारको स्वर छ । करुणले २० वर्षपछि यही गीतमार्फत् पार्श्व गीत लेखनमा कमब्याक गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-03, शुक्रवार

अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज हुन लागेको नयाँ फिल्म ‘कार्साङ’को ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भैसकेको छ । एक महिनाअघि आएको टिजर र आइतबार सार्वजनिक ‘सात भन्ज्याङ’ बोलको गीतले उत्कृष्ट प्रतिक्रिया पाइरहँदा ट्रेलरले पनि दर्शकलाई आकर्षित गरेको छ । युट्युबमा ट्रेलरलाई लोभलाग्दो भ्यूज मिलेको छ भने प्रतिक्रिया उस्तै उत्साहजनक प्राप्त छ ।

Results : 1699 - 1704 of 23772
Most Visited News (monthly)