Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1711 - 1716 of 23771
फिल्मीखबर, काठमाडौं, 2025-01-01, बुधवार

अहिलेका सफल अभिनेता प्रदीप खड्काको फिल्म यात्राले १० वर्ष पूरा गरेको छ । सन् २०१५ मा रिलिज भएको ‘स्केप’बाट उनी अभिनय दुनियाँमा आएका थिए । यो उनकै निर्माणमा बनेको थियो । उनलाई अभिनेताको रुपमा पहिचान भने फिल्म ‘प्रेमगीत’ले दिलायो । यसपछि उनले करिअर फर्केर हेर्नु परेको छैन । समग्रमा उनको एक दशकको यात्रालाई सन्तोषजनक मान्न सकिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2024-12-31, मंगलवार

आगामी चैत महिनामा फिल्म रिलिजको ठूलो चाप देखिने भएको छ । करिब आधा दर्जन फिल्म यही महिनामा रिलिज हुने देखिन्छ । यसैबीच, चैत ८ गतेबाट क्राइम-थ्रिलर फिल्म ‘११:५५’ प्रदर्शनमा आउने भएको छ । अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी गराइयो । अहिलेसम्म उक्त मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-31, मंगलवार

यही पुष २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’मा अभिनेता दयाहाङ राई झाँक्रीको भूमिकामा छन् । ३ हप्ताअघि सार्वजनिक भएको टिजरमा उनलाई ढ्याङ्ग्रो ठटाउँदै आगोको भुङ्ग्रोमाथि नाचिरहेको देख्न सकिन्छ । धेरैले यो प्रविधिको प्रयोग गरिएको ‘छल दृश्य’ हुनसक्ने आशंका गरेका थिए । तर, दयाहाङले वास्तवमै आफू आगोको भुङ्ग्रोमाथि नाचेको बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-12-30, सोमवार

आगामी माघ १६ गते (शहिद दिवस)देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वान’को मुख्य भूमिकामा दुई पुस्ता छन्, राजबल्लभ कोइराला र प्रदीप खड्का । राजबल्लभ दशकअघिका ‘स्टार’ हुन् । उनीपछि उदाएको पुस्तामा प्रदीप पर्छन् । यसैले उनीहरुलाई पहिलो पटक एकसाथ पर्दामा हेर्न दर्शक अधैर्य छन् । ‘को हिरो र को भिलेन’ भन्ने कौतुहलता पनि उतिक्कै देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-30, सोमवार

‘हैट’ उपनामले परिचित कलाकार बुद्धि तामाङ अब निर्माता बन्ने भएका छन् । फिल्म ‘कुस्ती’बाट उनी निर्माणमा होमिन लागेका हुन् । गुरूङ समुदायको महान चाड तमु ल्होसारको दिन पारेर पोस्टरमार्फत् फिल्मको निर्माण घोषणा गर्दै कलाकारबारे जानकारी गराइयो । फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ । यो उनीहरुको पहिलो सहकार्य हो ।

Results : 1711 - 1716 of 23771
Most Visited News (monthly)