
आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रंगी’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट ३९ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । एक बाबुले छोरीका लागि गरेको संघर्षको कथा पेश गरेको टिजर मर्मस्पर्शी छ । अभिनेता सलोन बस्नेत र बाल कलाकार आयुषी ढकालमा फिल्मको कथा केन्द्रित रहेको टिजरले प्रष्ट पार्छ ।

भारतीय फिल्म उद्योगका लागि वर्ष २०२४ सुखद् नै रहन पुग्यो । ठूला बजेटका बलिउड फिल्मले अपेक्षित व्यापार गर्न नसकेको भए पनि साना बजेटका फिल्मले उत्कृष्ट कमाइ गरे । केही साउथ फिल्मले पनि बक्स अफिस राम्रैसँग तताए । बलिउडतर्फ ‘स्त्री २’ र साउथतर्फ ‘पुष्पा २’ यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्म बनेका छन् । ‘पुष्पा २’ले त हिन्दी भर्सनमा इतिहास नै रचेको छ ।

नेपालको अग्रणी ओटीटी प्लेटफर्मको रुपमा आफूलाई उभ्याएको सिनेमाघर एपले आक्रामक रुपमा फिल्म रिलिज गर्न थालेको छ । अघिल्लो वर्षसम्म महिनामा मुश्किलले एउटा फिल्म रिलिज हुँदै आइरहेकोमा यतिबेला एपमा फिल्मको बाढी नै देखिएको छ । दशैंयता मात्र आधा दर्जनभन्दा बढी फिल्म रिलिज भइसकेका छन् भने केही फिल्म रिलिजका लागि तयारी अवस्थामा रहेका छन् ।

आगामी माघ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३८ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । एउटा घरमा कालो विरालो पाल्न थालेपछि श्रृंखलाबद्ध रुपमा परिवारमा निम्तिने विपत्तिलाई टिजरमा देखाइएको छ । फिल्मले दर्शकलाई हरर अनुभव गराउन सक्ने छनक टिजरले दिन्छ ।

भेट्रान निर्देशक तुलसी घिमिरे फिल्म ‘पहाड’बाट सात वर्षपछि पुनरागमनको तयारीमा छन् । आगामी माघबाट छायांकन सुरु गर्न लागिएको फिल्ममा उनले कलाकारको बलियो ‘लाइनअप’ बनाएका छन् । मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउतको अभिनय रहने निश्चित भैसकेको फिल्ममा थप दुई कलाकार भित्रिएका छन् । उनीहरु हुन्, अरुण क्षेत्री र पञ्चमी घिमिरे ।

बलिउड सुपरस्टार सलमान खान एक वर्षपछि फिल्म ‘सिकन्दर’मार्फत् पर्दामा देखिँदैछन् । शुक्रबार उनको ५९औं जन्मदिनमा फिल्मको टिजर रिलिजको तयारी गरिएको थियो । तर, भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण पोस्टपोन्ड भएको टिजर शनिबार सार्वजनिक गरिएको छ । १ मिनेट ४१ सेकेण्ड लामो टिजरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

