Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1693 - 1698 of 23772
फिल्मीखबर, काठमाडौं, 2025-01-07, मंगलवार

नेपालमा सबैभन्दा धेरै हरर जनराका फिल्ममा काम गर्ने अभिनेत्रीमा पर्छिन्, प्रियंका कार्की । ‘माला’ र ‘चि मुसी चि’ उनले गरेका पछिल्ला हरर फिल्म हुन् । उनले हरर सर्ट फिल्म ‘किचकंडी’मा समेत अभिनय गरेकी छन् । यसले पनि हरर फिल्मप्रति उनको रुचि देखाउँछ । तर, दुर्भाग्य ! उनले काम गरेका कुनै हरर फिल्मले न व्यावसायिक सफलता प्राप्त गरे न त दर्शकलाई नै तर्साए ।

फिल्मीखबर, काठमाडौं, 2025-01-07, मंगलवार

हरर-कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच सार्वजनिक झन्डै तीन मिनेट लम्बाईको ट्रेलरले कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गर्छ । विभिन्न पेशा अंगालेका चार युवकको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-06, सोमवार

समर निरौलाको डेब्यु निर्देशकीय फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘म त यसै नक्कली’ बोलको डान्सिङ शैलीको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीया मास्केलाई नृत्य गर्दै देख्न सकिन्छ । उनीहरु दुवैलाई कोरियोग्राफर विक्रम स्वारले फरक नृत्य शैलीमा प्रस्तुत गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-01-06, सोमवार

पछिल्लो समय आदिवासी जनजाति समुदायको कथामा बनिरहेका फिल्ममा सबैभन्दा बढी कसैको अनुहार देखिएको छ भने ती दयाहाङ राई हुन् । समुदाय केन्द्रित फिल्ममा उनी निर्विकल्प झैं बनेका छन् । र, उनका कारण फिल्म पनि राम्रै चलिरहेका छन् । लिम्बू, राई, शेर्पा, मगर जस्ता समुदायको कथामा काम गरिसकेका उनलाई अचेल ‘सांस्कृतिक नायक’ समेत भन्न थालिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-05, आईतवार

गायनबाट फिल्म अभिनयमा आएका धेरैको करिअर सुखद् बन्न सकेन । तर, प्रकाश सपूत अपवाद बनेका छन् । गत वर्ष आएको उनको डेब्यु फिल्म ‘परदेशी २’ सुपरहिट बन्यो । हाल प्रदर्शनरत उनी अभिनीत दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले त व्यापारमा कीर्तिमानी नै बनाएको छ । अब धेरैको प्रतीक्षा उनी निर्देशित पहिलो फिल्म ‘वसन्त’लाई लिएर छ, जुन चैत २२ गते रिलिज हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-05, आईतवार

निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो नयाँ फिल्म ‘बलिदान’लाई ठूलो क्यानभासमा तयार पारिरहेका छन् । सेट निर्माणदेखि प्रप्ससम्म करोडौं खर्च गरिएको छ । फिल्मको क्लाइमेक्स खिच्न ४२ फिट अग्लो हिन्दू देवी कालीको मूर्ति समेत तयार पारिएको छ । फिल्मको कथाअनुरूप विनाशकी देवी कालीमाताको चण्डी स्वरूपलाई दर्शाउने मूर्ति भारतस्थित कलकत्ताबाट ल्याइएको हो ।

Results : 1693 - 1698 of 23772
Most Visited News (monthly)