Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1681 - 1686 of 23772
फिल्मीखबर, काठमाडौं, 2025-01-09, बिहिवार

फिल्मको छायांकन सुरु नहुँदासम्म कलाकार भित्रने र बाहिरिने क्रम जारी रहन्छ । एक हिसाबले यो सामान्य हो । तर, भित्रनेभन्दा बाहिरिनेको सवालमा अक्सर एउटा प्रश्न उठ्ने गर्छ- ‘टिमभित्र उत्पन्न मनमुटाव वा असमझदारीले गर्दा बाहिरिने अवस्था आएको त होइन ?’ किनकि, धेरैजसो फिल्मबाट छायांकनको मुखमा आएर कलाकार बाहिरिनुको पछाडि यही कारण मुख्य हुने गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-09, बिहिवार

आगामी फागुन २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सशान कँडेल निर्देशित फिल्म ‘होस्टेल ३’को श्रृंखलाबद्ध रुपमा पोस्टरहरु सार्वजनिक भइरहेका छन् । केही दिनअघि नयाँ प्रदर्शन मितिसहित सार्वजनिक फर्स्टलुक पोस्टरमा फिल्मका मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुल ब्वाई), रिहान गिरि र पदम तामाङ चित्रित थिए । अब दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-09, बिहिवार

‘बुलबुल’बाट ठूलो ख्याति कमाएका निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भूठान’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी म्याड मङ्की फिल्म्सले आगामी वर्षको बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो फिल्मको अंग्रेजी नाम ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ राखिएको हो । यसको अर्थ संसारकै सबैभन्दा खुसी व्यक्ति भन्ने हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-09, बिहिवार

शेर्पा समुदायको संस्कृति र परम्परामा आधारित भएर बनेको फिल्म ‘कार्साङ’ यही शुक्रबार (पुष २६ गते)बाट प्रदर्शनमा आउँदैछ । मल्टीप्लेक्सहरुमा बुकिङ खुला भइसकेको फिल्मले मंसिरयता सुस्ताएको बजारलाई चलायमान बनाउने ठूलो अपेक्षा गरिएको छ । यसैले फिल्मप्रति धेरैमा चासो देखिएको छ । बुधबार प्रिमियरमा प्राप्त प्रतिक्रियाले फिल्म हेर्न दर्शकलाई अधैर्य बनाउन सक्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-01-08, बुधवार

३२ वर्षअघिको चर्चित डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको पहिलो निर्देशकीय फिचर फिल्म ‘मिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । ‘सपनीमा’ गीतको सानो अंश समेत समावेश ५ मिनेटभन्दा लामो ट्रेलरले फरक पृष्ठभूमि र भूगोलका दुई पात्रबीचको मित्रता र उनीहरुको सम्बन्धमा आउने उतारचढावको कथालाई रोचक ढंगले पेश गरेको छ ।

एजेन्सी, काठमाडौं, 2025-01-08, बुधवार

‘केजीएफ’का दुईवटा श्रृंखलाबाट स्टारडमको उत्कर्षमा पुगेका साउथ सुपरस्टार यश बुधबारबाट ३९ वर्षका भएका छन् । ‘रकिङ स्टार’को रुपमा चिनिएका उनको जन्मदिनमा नयाँ फिल्म ‘टक्सिक’को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ । एक मिनेट लम्बाईको भिडियोमा यश आकर्षक लुक्समा प्रस्तुत छन् । यसबाट उनको क्यारेक्टर लुक्स मात्र सार्वजनिक गर्न खोजिएको छ ।

Results : 1681 - 1686 of 23772
Most Visited News (monthly)