Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1201 - 1206 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-05-07, बुधवार

साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथा ‘जार: भएकै एउटा कथा’मा आधारित भएर बनेको फिल्म ‘जार’को सिक्किम र सिलिगुडीपछि काठमाडौंमा प्रिमियर गरिएको छ । मंगलबार आयोजित प्रिमियरमा पूर्वप्रधानमन्त्रीदेखि चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो । फिल्म हेरेपछि प्रायःले कथावाचन शैली, छायांकन, ब्याकग्राउन्ड स्कोर जस्ता पक्षको प्रशंसा गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2025-05-07, बुधवार

यतिबेला उच्च डिमान्ड भएकी अभिनेत्री हुन्, उपासना सिंह ठकुरी । गत वर्ष ‘खुस्मा’ व्यावसायिक रुपमा सफल भएपछि उनलाई फिल्म अफरको ओइरो लागिरहेको छ । र, उनले पनि एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन् । चाँडै ‘जलाकी’को छायांकन सुरु गर्न लागेकी उनी अब अर्को नयाँ फिल्म ‘सुम्निमा’मा अनुबन्ध भएकी छन् । यो ‘अञ्जिला’ निर्देशक मिलन चाम्सको फिल्म हो ।

फिल्मीखबर, काठमाडौं, 2025-05-07, बुधवार
फिल्मीखबर, काठमाडौं, 2025-05-06, मंगलवार

भारतका नेपाली भाषी साहित्यकार इन्द्रबहादुर राई (आईबी)ले करिब ६५ वर्षअघि लेखेको ‘जार: भएकै एउटा कथा’मा आधारित रहेर बनेको फिल्म ‘जार’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यसमा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा छन् । उनले फिल्म गर्नुभन्दा दुई दशकअघि नै साहित्यकार राईको कथा पढेका थिए । त्यही बेला उनलाई यसमा काम गर्ने रहर जागेको थियो ।

एजेन्सी, काठमाडौं, 2025-05-06, मंगलवार

तेलुगु अभिनेता अल्लू अर्जुन अहिले ‘ग्लोबल स्टार’ बनिसकेका छन् । लगातार ब्लकबस्टर फिल्म दिइरहेका उनलाई ‘पुष्पा’का दुई श्रृंखलाले विश्वभर चिनाएको थियो । यी दुई फिल्मको सफलतापछि यतिबेला उनलाई ठूलो बजेटका फिल्मबाट निरन्तर अफर मिलिरहेको छ भने पारिश्रमिक उस्तै चर्किएको छ । अब चाँडै उनी ‘थेरी’का निर्देशक एटलीको फिल्ममा काम गर्ने तयारीमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-05-05, सोमवार

‘खुस्मा’ निर्देशक अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनलाई लिएर पहिलो चरणको छायांकन भइसकेको फिल्ममा गत महिना धीरज मगर मुख्य भूमिकामा अनुबन्ध भएका थिए भने अब शिल्पा मास्के भित्रिएकी छन् । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् ।

Results : 1201 - 1206 of 23779
Most Visited News (monthly)