
नेपालमा स्थापित कलाकारका सन्तानले फिल्ममा डेब्यु गर्ने ट्रेन्ड सामान्यजस्तै बनिसकेको छ । तर, सन्तानपछि आमाबुबाले फिल्ममा डेब्यु गरेको भने देखिएको थिएन । पहिलो पटक नेपाली फिल्ममा एक अभिनेत्रीकी आमाले डेब्यु गरेकी छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकी आमा नेहा राज्यलक्ष्मी शाहले फिल्म ‘आहुति : द वे अफ चेन्ज’बाट अभिनय करिअर सुरु गरेकी हुन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’ले नेपालमा अपेक्षित व्यापार गर्न सकेको छैन । पहिलो दिन फिल्मको देशव्यापी अकुपेन्सी १० प्रतिशत पनि भएन । शनिबार विदामा भने अकुपेन्सी दर केही वृद्धि भएको छ । व्यापार कमजोर भए पनि फिल्मलाई दर्शकीय प्रतिक्रिया राम्रो मिलेको छ । प्रायःले अभिनय, संगीत, छायांकन जस्ता पक्ष रुचाएका छन् ।

बैशाख महिना सुरु भएयता नेपाली फिल्मको व्यापार उदेकलाग्दो बनेको थियो । नाम चलेका कलाकार र समीक्षात्मक रुपमा अब्बल ठहरिएका फिल्मले समेत बक्स अफिस चलायमान बनाउन सकेनन् । जसले गर्दा फिल्म क्षेत्रमै निराशा छाएको थियो । तर, शुक्रबारबाट प्रदर्शन भएको ‘ऊनको स्वीटर’ले भने आशाको किरण छरेको छ । धेरैपछि हलमा दर्शकको राम्रो चाप देखिएको छ ।

नेपाली फिल्मको एउटा कालखण्डमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल ८ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । आगामी ९ जेठमा प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहा अवतार’बाट उनले अभिनयमा पुनरागमन गरेका हुन् । यसमा उनी एक्सन अवतारमा प्रस्तुत छन् । बिहीबार सावजनिक भएको ट्रेलर हेर्दा उनी अन्यायविरूद्ध लड्ने पात्रको भूमिकामा रहेको बुझ्न सकिन्छ ।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’मा नाम चलेका कलाकारहरु जोडिने श्रृंखला रोकिएको छैन । पल शाह हुँदै रमेश उप्रेती र आर्यन सिग्देलपछि अब अभिनेत्री वर्षा सिवाकोटी फिल्ममा अनुबन्धित भएकी छन् । निर्माण पक्षले बिहीबार उनीसँग लिखित सम्झौता गरेको हो । उनको प्रवेशसँगै फिल्ममा कलाकारको ‘लाइनअप’ थप बलियो बनेको छ ।

अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीको फिल्म पहिलोपटक हलमा आमनेसामने भएका छन् । उनीहरु अभिनीत फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुई फिल्मबीच व्यावसायिक प्रतिस्पर्धा भए पनि दुई टिमबीच सौहार्दपूर्ण सम्बन्ध देखिन्छ । दुवै फिल्मका कलाकारहरु एकअर्काको प्रिमियरमा सहभागी भएर भाइचाराको सन्देश दिएका थिए ।

