Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1219 - 1224 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-05-02, शुक्रवार

बैशाख महिना सुरु भएयता नेपाली फिल्मको व्यापार दयनीय देखिएको छ । अघिल्लो साता प्रदर्शन भएका दुई फिल्म ‘भूठान’ र ‘खेल’ले पोस्टर छपाईको पैसा समेत उठाउन सकेनन् । यो निराशाका बीच शुक्रबारबाट नयाँ फिल्म ‘झिल्को’ प्रदर्शनमा आएको छ । तर, यसले पनि बक्सअफिसमा झिल्को बाल्ने संकेत देखाएको छैन । प्रि-बुकिङमा फिल्मको ५० वटा टिकट समेत बिक्री भएन ।

फिल्मीखबर, काठमाडौं, 2025-05-01, बिहिवार

साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित भएर बनेको फिल्म ‘जार’को ट्रेलरमा अभिनेता सौगात मल्ललाई बगरमा अजंगको बाघले लतारेको दृश्य देख्न सकिन्छ । उक्त बाघ वास्तविक भने होइन । भिएफएक्सबाट बाघ तयार गरिएको हो । तर, ट्रेलर हेर्दा बाघ वास्तविकजस्तो देखिन्छ । फिल्मका लागि बाघ तयार गर्न निर्माताले समय र रकम दुवै पर्याप्त खर्चिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-05-01, बिहिवार

‘होस्टेल’ फ्रेन्चाइजबाट धेरै कलाकार फिल्म क्षेत्रमा स्थापित भएका छन् । अनमोल केसी, गौरव पहारी, प्रकृति श्रेष्ठ, सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकार यही फ्रेन्चाइजका उत्पादन हुन् । गत फागुनमा प्रदर्शन भएको यसको तेस्रो श्रृंखलाबाट पनि केही सम्भावना बोकेका कलाकारहरुको उदय भएको छ । त्यसमध्येका एक हुन्, पारस बम ठुकरी (कुल ब्वाय) ।

फिल्मीखबर, काठमाडौं, 2025-05-01, बिहिवार

आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, र ग्रामीण परिवेशलाई संयोजन गर्दै तयार गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरु एउटा बाख्रालाई समात्न दौडिरहेका देखिन्छन् । यसले फिल्मको कथा बाख्राको वरिपरि घुमेको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-05-01, बिहिवार

अभिनेता रमेश उप्रेतीले करिब ७ वर्षपछि फिल्ममा पुनरागमन गर्ने भएका छन् । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’बाट उनी अभिनयमा फर्किन लागेका हुन् । उनलाई फिल्मको मुख्यमध्ये एक भूमिकामा अनुबन्धित गरिएको निर्माताले जानकारी दिए । बुधबार उनीसँग लिखित सम्झौता भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-04-30, बुधवार

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्माताद्वय प्याट्रिक सुवेदी (प्रतिक) र रमेश ढकालले फिल्म ‘चुले निम्तो’ निर्माण गर्ने भएका छन् । बुधबार अक्षय तृतीयाको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरलाई बिहेको निम्तो कार्ड जसरी तयार पारिएको छ । पोस्टरको डिजाइन र शीर्षकले फिल्मको कथा विवाहमा आधारित रहने जनाउँछ ।

Results : 1219 - 1224 of 23779
Most Visited News (monthly)