Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1183 - 1188 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-05-12, सोमवार

नेपाली फिल्म क्षेत्रमा मौलिक फिल्मको भाष्य गाउँमा मात्र आधारित हुनुपर्छ भन्ने छ । गाउँबाहेकको कथामा बनेका फिल्मलाई त्यो कोटीमा राखिँदैन । तर, अभिनेता खगेन्द्र लामिछानेलाई गाउँको कथा मात्र मौलिक होइन भन्ने लाग्छ । सहरका कथा पनि मौलिक हुने उनको बुझाइ छ । यसैले उनी आफ्नो नयाँ फिल्म ‘के घर के डेरा : घर नम्बर २’लाई सहरको मौलिक कथा भन्न रुचाउँछन् ।

फिल्मीखबर, काठमाडौं, 2025-05-12, सोमवार

‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्तीको अवसरमा तीनवटा पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २७ गतेबाट फिल्म विश्वव्यापी प्रदर्शनमा आउने जानकारी गराइएको हो । जितिया पर्व र संविधान दिवसको विदालाई लक्षित गरेर ‘रिमै’को प्रदर्शन मिति घोषणा गरिएको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-05-12, सोमवार

अभिनेत्री उषा पौडेल विवाह बन्धनमा बाँधिएकी छन् । अभिनेता राहुल केसीसँग उनले आइतबार लगनगाँठो कसेकी हुन् । संयुक्त राज्य अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको ग्लेन आर्मस्थित एक मन्दिरमा उनीहरूले हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् । विवाह समारोहमा दुई पक्षका परिवारसहित अमेरिकामा बस्दै आएका उनीहरू निकट फिल्मकर्मीहरूको उपस्थिति रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-05-11, आईतवार

घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ आइतबार सार्वजनिक गरिएको छ । लोकशैलीको गीतमा फिल्मका अभिनेता एलेक्स पारस र अभिनेत्री परीक्षा लिम्बूको आकर्षक नृत्य देख्न सकिन्छ । उनीहरुको नृत्य, भावभंगी र पहिरनले ‘दर्पण छायाँ’ जोडी दीलिप रायमाझी र निरुता सिंहको याद दिलाउँछ ।

फिल्मीखबर, काठमाडौं, 2025-05-11, आईतवार

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण यही मंगलबारदेखि फ्रान्सको दक्षिणी सहर कान्समा आयोजना हुँदैछ । मे १३ देखि २४ तारिखसम्म हुन लागेको फेस्टिभलमा सहभागी हुन विश्वभरबाट कलाकार, निर्देशक, निर्माता तथा वितरकहरु कान्समा भेला भइरहेका छन् । यसपटक फेस्टिभलमा ‘मिसन इम्पोसिबल : द फाइनल रेकनिङ’ जस्ता फिल्मको प्रिमियर हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2025-05-11, आईतवार

अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म ‘नरसिंहाः अवतार’ आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनले ८ वर्षपछि कमब्याक गरेकाले फिल्मलाई लिएर दर्शक उत्साहित देखिन्छन् । त्यो उत्साह हालै सार्वजनिक भएको ट्रेलरमा पनि देख्न सकिन्छ । युट्युब रिलिजको २० मिनेटमै ट्रेन्डिङमा परेको ट्रेलरलाई लोभलाग्दो भ्यूजसहित उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

Results : 1183 - 1188 of 23779
Most Visited News (monthly)