Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1213 - 1218 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-05-03, शनिवार

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को छायांकन सकिएको छ । गत चैत १९ गते कीर्तिपुरमा क्यामरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको छायांकन शुक्रबार २५ औं दिनमा प्याकअप भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु हुने निर्माता पौडेलले बताए ।

फिल्मीखबर, काठमाडौं, 2025-05-02, शुक्रवार

आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । खैँजडी भजनमा आधारित ‘हेर लौ नेपाल आमाको’ बोलको गीतमा नेपालको इतिहासदेखि वर्तमानसम्मको वर्णनसहित एकता र भाइचाराको भाव छ । गीतमा अनिश अधिकारी गायन, शब्द रचना तथा संगीत रहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-05-02, शुक्रवार

आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १९ सेकेण्ड लम्बाइको ट्रेलर मर्मस्पर्शी छ । काठमाडौंमा घर हुने र भाडामा बस्नेको संघर्षको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । पृष्ठभूमिमा सुनिने काव्यिक ‘न्यारेसन’ ट्रेलरको सशक्त पक्ष छ ।

फिल्मीखबर, काठमाडौं, 2025-05-02, शुक्रवार

अहिलेको समयमा फिल्म बनाएर मात्र हुँदैन । प्रभावकारी रुपमा प्रचारप्रसार हुन सकेन भने हलमा फिल्मले दर्शकको अनुहार पनि देख्न पाउँदैन । शुक्रबारबाट प्रदर्शनमा आएको नयाँ फिल्म ‘झिल्को’को हकमा यही भएको छ । पहिलो दिन नै दर्शक अभावले फिल्मको देशभर धेरैजसो शो रद्द भएका छन् । शुक्रबार साँझसम्मका थुप्रै शोमा फिल्मको एउटा टिकट समेत बिक्री भएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2025-05-02, शुक्रवार

यही बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’को प्रचारप्रसारका लागि निर्माण टिमले सांगीतिक कार्यक्रम आयोजना गरिरहेको छ । त्यसका लागि गायक सुजन चापागाईं र उनको ‘द इन्फिनिटी ब्यान्ड’को सहारा लिइएको छ । पोखरा र काठमाडौंपछि बिहीबार साँझ धरानमा भव्य कार्यक्रम आयोजना गरियो । जहाँ ६ हजारभन्दा बढी दर्शक सहभागी भए ।

फिल्मीखबर, काठमाडौं, 2025-05-02, शुक्रवार

गत वर्षको फागुनमा प्रदर्शनमा आएका एकपछि अर्को फिल्मले हलमा ५१ औँ दिन मनाइरहेका छन् । ‘लाज शरणम्’ र ‘होस्टेल ३’पछि अब ‘अञ्जिला’ले पनि प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको छ । गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले शुक्रबार ४५ शोसहित ५१ औं दिन मनाएको हो । प्रदर्शनको केही हप्ता फिल्मले बक्स अफिसमा सानदार व्यापार गरेको थियो ।

Results : 1213 - 1218 of 23779
Most Visited News (monthly)