
गत फागुनमा प्रदर्शन भएको ‘अञ्जिला’पछि शिथिल बनेको घरेलु बक्स अफिस अघिल्लो हप्ता (बैशाख २६ गते) प्रदर्शनमा आएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले चलायमान बनाएको छ । सन्तोषजनक ओपनिङ गरेको फिल्मलाई दोस्रो हप्ताको सम्मुखसम्म दर्शकको उच्च साथ मिलेको छ । काजकाजी दिनमा समेत फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक देखिएको छ ।

प्रायः नेपाली फिल्मको प्रिमियर एउटै उद्देश्यका लागि हुन्छ । त्यो हो, फिल्मकर्मीबाट तारिफ सुन्न । र, उनीहरु पनि कुनै कमजोरी नै नभए झैँ गरी मुक्तकण्ठले तारिफ गरिदिन्छन् । त्यही सुनेर फिल्म हेर्न गएका दर्शक भने निराश हुँदै हलबाट बाहिरिन्छन् । यसैले अचेल प्रिमियरमा हुने फिल्मकर्मीहरुको तारिफलाई दर्शकले झूठो मान्ने गरेका छन् । र, त्यसमा कसैले पनि विश्वास गर्दैनन् ।

वर्षौंदेखि भारत-पाकिस्तानबीच शीतयुद्धको अवस्था छ । केही हप्ताअघि भारतको कश्मीरको पहलगाममा भएको आक्रमणपछि दुई देशबीच युद्ध छेडिएको थियो । अहिले युद्धविराम भए पनि स्थिति तनावपूर्ण नै छ । युद्धमा होमिँदै गर्दा दुवै देशले एकअर्काको फिल्मदेखि कलाकारसम्मलाई प्रतिबन्ध लगाए । भारतमा त पाकिस्तानी कलाकारको इन्स्टाग्राम एकाउन्ट नै प्रतिबन्ध गरिएको छ ।

मंगलबार साँझ फिल्म ‘महाभोज’का निर्देशक र कलाकारहरुको एउटा पोस्टले सनसनी नै मच्चायो । कलाकारहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ र निर्देशक दिनेश राउतले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्य फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेका थिए । यसपछि धेरैले टिमभित्र ठूलै तनाव उत्पन्न भएको हुनसक्ने अनुमान लगाए ।

कलाकारको बलियो ‘लाइनअप’ रहेको फिल्म ‘के घर के डेराः घर नं २’ यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी जस्ता चिरपरिचित कलाकार छन् भने ‘पशुपति प्रसाद’ निर्देशक दीपेन्द्र के. खनालको निर्देशन तथा उपन्यासकार बुद्धि सागरको लेखन छ । ती तीन कारणले फिल्मप्रति दर्शकमा उच्च अपेक्षा छ ।

डेढ दशकभन्दा लामो समयदेखि सरकारको नीति तथा कार्यक्रम र बजेटमा मात्र सीमित भएको फिल्म छायांकन गर्ने अत्याधुनिक इन्डोर स्टुडियो अब भने निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच बनेपा नगरपालिकास्थित वडा नं. १० र १३ मा बन्ने स्टुडियोको निर्माण आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् ।

