Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1177 - 1182 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-05-13, मंगलवार

सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘शिवांश’को छायांकन सुरु गरिएको छ । मंगलबार बिहान पोखराको लामाचौरस्थित अकला मन्दिरमा स्क्रिप्ट र क्यामरा पूजा गरेपछि दृश्य खिच्न थालिएको हो । फिल्मलाई पोखराका विभिन्न स्थानमा करिब एक महिना खिचिने निर्माता अञ्जान केसीले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2025-05-13, मंगलवार

निर्देशक शोभित बस्नेतले दुई चरणमा गरेर आफ्नो नयाँ फिल्म ‘पीआर’को सम्पूर्ण छायांकन सकाएका छन् । नेपालमा १० दिन छायांकन गरेपछि सोमबार फिल्म प्याकअप भएको हो । नेपालअघि गत फागुनमा १८ दिन अष्ट्रेलियामा फिल्म खिचिएको थियो । नेपालमा धम्पुस, पोखरा र चित्लाङमा फिल्मको छायांकन गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-05-13, मंगलवार

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘जनै हराएको बाहुन’को छायांकन सकिएको छ । गत चैत २५ गते काभ्रेबाट सुरु गरिएको छायांकन सोमबार ३५ दिनमा प्याकअप भएको हो । छायांकन सकिएको खुसीयालीमा निर्माण टिमले सोही साँझ ललितपुरको च्यासलस्थित एक ब्याङ्क्वेटमा पार्टी समेत आयोजना गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-05-13, मंगलवार

निर्देशक रामबाबु गुरुङ र कवि तथा निर्देशक उपेन्द्र सुब्बाबीच लामो समय फिल्ममा सहकार्य भयो । तर, सुब्बाको निर्देशन र रामबाबुको निर्माणमा बनेको ‘जारी’को सफलतापछि भने आर्थिक लेनदेनको विषयले उनीहरुको सम्बन्ध बिग्रिएको थियो । यसपछि दुवैले आ-आफ्नै हिसाबले फिल्म बनाए । तर, छुट्टिएर बनाएको फिल्म अपेक्षित रूपमा नचलेपछि उनीहरुबीच मिलन भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-05-13, मंगलवार

दर्शकमाझ ‘तक्मे बुढा’को रुपमा परिचित कलाकार विल्सन विक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच कम्पनीले उनलाई आफ्नो ‘ब्रान्ड फेस’को रुपमा सार्वजनिक गर्दै एपमार्फत् सेवा पनि सुरु गरेको छ । यसमा राइड शेयरिङ, टुर गाइड, शपिङ, सेक्युरिटी जस्ता सुविधाहरू छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-05-12, सोमवार

बाबु साहेब बलामीको निर्देशनमा फिल्म ‘तुलसीराम’ निर्माण हुने भएको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर फिल्मको निर्माण घोषणा गरिएको हो । आगामी जेठ अन्तिमबाट फिल्मको छायांकन सुरु हुने निर्देशक बलामीले जानकारी दिए । उनका अनुसार फिल्मलाई काठमाडौं, चित्लाङ्ग र हेटौंडामा खिचिनेछ ।

Results : 1177 - 1182 of 23779
Most Visited News (monthly)