Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1165 - 1170 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-05-16, शुक्रवार

‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’को निर्माता कम्पनी षट्कोण आर्ट्सले नयाँ फिल्मको रुपमा ‘लालीबजार’ निर्माण गर्ने भएको छ । शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्मलाई यम थापाले निर्देशन गर्नेछन् । यसअघि ‘राज्जा रानी’ (२०७५)को निर्देशन गरेका उनको यो दोस्रो निर्देशकीय फिल्म हुनेछ । यसमा यम स्वयंको स्क्रिप्ट लेखन छ ।

फिल्मीखबर, काठमाडौं, 2025-05-16, शुक्रवार

गत भदौमा युवराज श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री अरुणिमा लम्सालको अन्ततः आधिकारिक रुपमै सम्बन्धविच्छेद भएको छ । उनले गत चैतमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत् अदालतमा डिभोर्सको मुद्धा हालेकी थिइन् । युवराजले गत आइतबार डिभोर्सको फाइलमा हस्ताक्षरपछि उनीहरू कानुनी रुपमा अलग भएका हुन् । यसको पृष्टि युवराज स्वयंले गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-05-16, शुक्रवार

गत बैशाख २६ गतेबाट प्रदर्शन भएको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को नेपालमा व्यापारिक आँकडा निराशाजनक भए पनि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । यसैले यतिबेला विदेशमा फिल्मको माग बढेको छ । भारतमा गत हप्ताबाटै प्रदर्शनमा आएको यो फिल्मको बिहीबारबाट मध्यपूर्वका देश र शुक्रबारबाट अमेरिकासहितका देशहरुमा प्रदर्शन सुरु भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-05-15, बिहिवार

निर्देशक निश्चल बस्नेतको परिचयको आयाम फराकिलो छ । निर्देशनसँगै अभिनय र गायनमा पनि आफूलाई प्रमाणित गरिसकेका उनले अब संगीतकारको रुपमा अर्को परिचय थपेका छन् । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘के घर के डेरा: घर नं २’को ‘ढुङ्गा देउता भयो’ बोलको गीतमार्फत् उनले संगीत निर्देशनमा डेब्यु गरेका हुन् । यो गीत बिहीबार सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-05-15, बिहिवार
Results : 1165 - 1170 of 23779
Most Visited News (monthly)