Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1159 - 1164 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-05-19, सोमवार

फिल्म ‘महाराजधिराज’मा एकपछि अर्को कलाकारहरू अनुबन्धित हुने क्रम जारी छ । यसैक्रममा अभिनेत्री वर्षा राउतले पनि यो फिल्म साइन गरेकी छन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै निर्माण टिमले राउतलाई अनुबन्ध गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-05-18, आईतवार

साउनको २३ गतेलाई प्रदर्शन तोकेको फिल्म ‘मोहर’ को शीर्ष गीत ५ दिन लगाएर छायांकन गरिएको छ । फिल्मका शीर्ष कलाकार अभिनेता पल शाह र नीति शाह फिचर्ड हुने गीत चितवन र नवलपरासीमा ५ दिन लगाएर खिचिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-05-18, आईतवार

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्ममा दर्शक अकुपेन्सी पनि सुखद् छ । रिलिजको पहिलो र दोस्रो दिन देशभरका हलमा फिल्म सुखद् अकुपेन्सीमा प्रदर्शन भएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2025-05-18, आईतवार

दिनेश राउत निर्देशित प्रतीक्षित नेपाली फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब साढे चार मिनेट लामो यस ट्रेलरले सहकारी संस्थाहरुमा पिडित बनेका आम नागरिकका पीडा र सामाजिक असमानताको गम्भीर रूप उतारेको छ ।

एजेन्सी, काठमाडौं, 2025-05-17, शनिवार

बलिउडको ‘कल्ट क्लासिक’ फिल्ममध्येमा पर्छ, ‘हेरा फेरी’ । सन् २००० मा रिलिज भएको यो फिल्म व्यावसायिक रुपमा सफल मात्र भएन, कलाकारहरुले निभाएको भूमिका पनि उतिक्कै रुचाइयो । त्यसमध्ये एक हो, बाबू राव गणपत राय आप्टे । यो पात्रको भूमिकामा अभिनेता परेश रावलले उम्दा अभिनय गरेका थिए । यसको सिक्वेल फिल्ममा पनि उनको अभिनय सम्झनलायक थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-05-16, शुक्रवार

यही जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सनप्रधान फिल्म ‘नरसिंहाः अवतार’को शुक्रबार दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक गरिएको छ । स्वरुपराज आचार्यको स्वर तथा मुक्त उदासको शब्द रचना रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

Results : 1159 - 1164 of 23779
Most Visited News (monthly)