
गत वर्षको व्यावसायिक रुपमा सफल फिल्म ‘होस्टेल ३’को टिमले नयाँ फिल्मको घोषणा गरेको छ । बुधबार थिम पोस्टर सार्वजनिक गर्दै ‘बाउ भर्सेस छोरा’ शीर्षकमा फिल्म निर्माणको घोषणा गरिएको हो । सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्मलाई ‘होस्टेल ३’का निर्देशक सशान कँडेलले निर्देशन गर्नेछन् ।

बलिराम चौहानको निर्देशनमा फिल्म ‘द ब्लू लाइट’ निर्माण हुने भएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो ।

अभिनेता विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई आगामी भदौ ६ गते प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । यो मिति हरितालिका तीजको चार दिनअघि परेको छ ।

दिनेश राउतद्वारा निर्देशित बहुप्रतीक्षित फिल्म 'महाभोज' को ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र दर्शकमाझ यसको चर्चा शिखरमा पुगेको छ । आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यसको आधिकारिक ट्रेलरले रिलिज भएको छोटो समयमै युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा पुगेको थियो ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यु गरेका द्वन्द्व निर्देशक चन्द्र पन्तले आफ्नो आगामी फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन् । उनले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् । साथै, आगामी फागुन १५ गतेलाई फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ ।

डेब्यु फिल्म ‘एक्टरः टेक वन’ र दोस्रो फिल्म ‘पिताम्बर’ दुवै असफल भए पनि त्यसले अभिनेत्री दिव्या रायमाझीको करिअरलाई कुनै असर गरेको देखिँदैन । उनको हातमा एकपछि अर्को फिल्म परिरहेको छ । चाँडै फिल्म ‘माया प्रीति’मा काम गर्ने तयारीमा रहेकी उनले आइतबार नयाँ फिल्म ‘राम नाम सत्य’ सम्झौता गरेकी छन् ।

