
‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमालले ८ वर्षपछि कमब्याक गरेको फिल्म ‘नरसिंहा: अवतार’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ । एकल रिलिजको दुर्लभ अवसर पाएको फिल्मलाई देशव्यापी १ सय ३० बढी शो प्राप्त छ, जुन सुखद हो । अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती फिल्मलाई छ ।

दुई हप्तामा साढे ६ करोडमाथिको व्यापार गर्दै यस वर्षको पहिलो हिट फिल्म बन्न सफल भएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले दर्शकसँगै सेलिब्रेटीहरुबाट पनि उच्च प्रशंसा पाइरहेको छ । बुधवार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष शोमा पनि प्रशंसाको ओइरो लाग्यो ।

यही जेठ दोस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने श्रृंखला रोकिएको छैन । हप्तैपिच्छे फिल्ममा नाम चलेका कलाकारहरु आबद्ध भइरहेका छन् । यसैबीच, फिल्मको मुख्यमध्ये एक भूमिकामा अभिनेता पुष्प खड्का भित्रिएका छन् । उनीसँग निर्माताले आइतबार लिखित सम्झौता गरेका हुन् ।

एक समयकी चर्चित अभिनेत्री विपना थापाले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत १६ वर्षपछि अभिनयमा कमब्याक गरिन् । चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्मले हलमा सुखद् व्यापार गरेको थियो ।


आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को तेस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक ‘मुकु मुकु म्या’ बोलको लोक शैलीको गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द रचना, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको संगीत रहेको छ ।

