
‘कार्साङ’ निर्देशक यम शेर्पा र अभिनेता दयाहाङ राईबीच पुनः सहकार्य हुने भएको छ । निर्देशक शेर्पाको आगामी फिल्म ‘मिरमिरे’ मा उनीहरूबीच दोस्रो पटक सहकार्य हुने भएको हो । निर्माण पक्षले हालसालै फिल्मको प्रमुख भूमिकामा दयाहाङ राईलाई अनुबन्धित गरेको छ ।

जेठ २३ गतेदेखि प्रदर्शनमा आउने ‘जन्ते बाख्रो’ फिल्मको प्रचार अभियान तीव्र पारिएको छ। निर्माण पक्षले नेपालको पूर्वी क्षेत्रबाट प्रचार सुरु गरेको हो।

‘माझी दाइ’, ‘आमाको काख’ जस्ता फिल्मका निर्देशक विजय केरुङले ‘परिवर्तन’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । एक इमानदार प्रहरीको कथामा बन्न लागेको फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा देखिनेछन् । यो उनीहरुको पहिलो सहकार्य हुनेछ ।

नेपाली फिल्म क्षेत्रमा अग्लो कद बनाएका अभिनेता राजेश हमालले आठ वर्षपछि कमब्याक गरेको फिल्म ‘नरसिंहा : अवतार’ गत शुक्रबारबाट प्रदर्शनरत छ । रिलिजपूर्व उनको कमब्याकलाई लिएर दर्शक उत्साहित देखिएका थिए । यसैले फिल्मको कमाइ आक्रामक हुन सक्ने आँकलन गरिएको थियो । तर, दुई दिनको व्यापारिक अवस्था हेर्दा न उत्साहजनक न निराशाजनक देखिन्छ ।

आउँदो जेठ १५ गते बिहीबार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'महाभोज' ले आफ्नो प्रचार प्रसारमा नौलो शैली अपनाएको छ। फिल्मले रिलिजको केही दिन अघिदेखि नै सडक नाटक मार्फत दर्शकमाझ आफ्नो कथावस्तु प्रस्तुत गरिरहेको छ ।

निर्माता हिमाल कडरियाका अनुसार जेठ १५ गते रिलिज हुने चलचित्र ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग बोकेको फिल्म हो, तर यो केवल संयोग नभई ‘अर्थपूर्ण संयोग’ हो । सामाजिक सन्देश र वर्तमान यथार्थलाई जोड्ने यो फिल्मले दर्शकलाई मनोरञ्जनका साथै सोच्न प्रेरित गर्नेछ ।

