Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1135 - 1140 of 23779
एजेन्सी, काठमाडौं, 2025-05-29, बिहिवार

१९ वर्षको एउटा युवक, जो अंकलसँग चुनाव प्रचार गरिरहेको थियो । प्रचारलाई चुस्त बनाउन उसले कुनै कसर छाडेन । अंकलले लोकसभा चुनाव पनि जिते । तर, प्रचारको दौरानमा ती युवकले एउटा प्रण गरे, ‘जेसुकै भए पनि राजनीतिमा चाहिँ आउँदिनँ ।’ किनकि, उसलाई राजनीतिक तौरतरिका मनै परेको थिएन । ऊ निकै अल्छी स्वभावको थियो । उसको प्रेम खानाप्रति मात्र थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-05-28, बुधवार

यही जेठ १५ गतेलाई तोकिएको फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ । भोलि बिहीबार काठमाडौंमा राजावादीहरुको आन्दोलन र जेठ १९ गतेबाट यातायात व्यवसायीले सात बुँदे मागसहित अनिश्चितकालिनका लागि सवारी साधन नचलाउने निर्णय गरेपछि निर्माताले फिल्मको रिलिज तत्कालका लागि स्थगन गरेका हुन् । फिल्मको नयाँ प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2025-05-28, बुधवार

यही जेठ २१ गतेबाट छायांकन सुरु हुन लागेको साइकोलजिकल थ्रीलर फिल्म ‘द ब्लू लाइट’का लागि यतिबेला कलाकार छनोट प्रक्रिया चलिरहेको छ । यसैबीच, निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल र अभिनेता अर्पण थापालाई अनुबन्ध गरेको छ । निर्माताले केही दिनअघि उनीहरुसँग लिखित सम्झौता गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-05-27, मंगलवार

सहकारी ठगी प्रकरणको कथामा बनेको फिल्म ‘महाभोज’ यही बिहीबारबाट प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शनको दुई दिनअघि मंगलबार काठमाडौंमा फिल्मको विशेष शो आयोजना गरियो । जहाँ केही सीमित फिल्मकर्मीदेखि ५० भन्दा बढी सहकारी पीडितहरू उपस्थित भएका थिए । फिल्म हेरेपछि अधिकांशले कथावस्तुदेखि कलाकारको अभिनयसम्मको प्रशंसा गरे ।

फिल्मीखबर, काठमाडौं, 2025-05-26, सोमवार

जेठ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ को रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा लभस्टोरी र कमेडीको समिश्रण छ । 

Results : 1135 - 1140 of 23779
Most Visited News (monthly)