
राजनीतिक परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘महाभोज’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । शनिबार निर्माण पक्षले जेठ ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा फिल्मलाई एकल रिलिजको अवसर मिलेको छ । यसअघि ‘भाइरल गोर्खे’ले उक्त मिति रोजेको भए पनि विभिन्न कारणले फिल्मको रिलिज स्थगन गरिएको छ ।

पछिल्लो समय ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहेको अवस्था छ । जसले गर्दा कुनै समय प्रचलनमा रहेको जन्ते बाख्रो खुवाउने परम्परा सहरी क्षेत्रमा लोप नै भइसकेको छ । यद्यपि, दुर्गम क्षेत्रहरुमा अझै पनि विवाहको भोज खेतबारी वा खुला ठाउँमा खुवाउने प्रचलन कायम छ । यही विषयमा आधारित रहेर बनेको फिल्म ‘जन्ते बाख्रो’ जेठ २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

राजनीतिक परिस्थितिका कारण नेपाल प्रदर्शन स्थगित भएपछि फिल्म ‘महाभोज’को अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । आगामी जुन १ तारिख अर्थात् बैशाख १८ गते आइतबार अस्ट्रेलियाको पश्चिमी शहर पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा फिल्मको प्रिमियर आयोजना हुने निश्चित भएको निर्माता हिमाल कडरियाले जानकारी दिए ।

नेपालमा फिल्मको व्यापारलाई लिएर ठूलो झुटको खेती हुने गरेको छ । फिल्म राम्रो चलेको देखाउन करोडौं कमाएको डंका पिटिन्छ । जबकि, फिल्मले पोस्टर छपाइको पैसा पनि उठाएको हुँदैन । अहिले प्रायः हलमा बक्स अफिस जडान भइसक्दा पनि व्यापार लाखौं बढाएर भन्ने प्रवृत्ति रोकिएको छैन । जसले गर्दा बक्स अफिस र निर्माताको हिसाबमा ठूलो अन्तर देखिने गरेको छ ।

गोविन्द गौतमको लेखन तथा निर्देशनमा फिल्म ‘परी’ बन्ने भएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मबारे जानकारी गराइयो । मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरु किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो ।

धेरै नेपाली कलाकारले बलिउडको सपना देख्ने गरेका छन् । त्यसका लागि मुम्बई पुगेर कयौंले वर्षौं संघर्ष पनि गरे । तर, एकाधको मात्र त्यो सपना पूरा भयो । यतिबेला पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक बलिउडमा करिअर बनाउन संघर्षरत छिन् । उनको संघर्षले परिणाम पनि दिइरहेको देखिन्छ । बलिउड फिल्मदेखि विज्ञापन र म्युजिक भिडियोमा उनले काम पाइरहेकी छन् ।

