
हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को पहिलो गीत ‘आमा’ सार्वजनिक गरिएको छ । आमाप्रतिको प्रेमभाव बोल्ने गीतमा अर्जुन पोखरेलको संगीत, शब्द रचना तथा स्वर रहेको छ भने गायनमा अर्जुनलाई मनीषा सुनारले साथ दिएकी छन् । सार्वजनिक गीतका शब्द मर्मस्पर्शी लाग्छन् ।

गायिका अरुणा लामाको कालजयी गीतमध्ये एक हो, ‘उडि जाउँ भने म पन्छी होइन ।’ यो गीत ४ दशकअघि बनेको फिल्म ‘परालको आगो’मा समावेश थियो । अब यही नाममा बन्न लागेको नयाँ फिल्ममा पनि सोही गीत राखिने भएको छ । त्यसका लागि गीतकी संगीत निर्देशक शान्ति ठटालसँग मंगलबार सिलिगुडीमा फिल्मका निर्माता सुशील पोखरेलले लिखित सम्झौता गरेका छन् ।

अभिनेत्री द्वय केकी अधिकारी र नीता ढुंगानाका लागि वर्ष २०८१ सुखद् रह्यो । केकीका लागि त अविस्मरणीय नै बन्यो । उनले निर्माण र अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा १० करोडमाथि कमाएको थियो । नीताको निर्माण र अभिनय रहेको ‘ह्रस्व दीर्घ’ले पनि सुखद् कमाइ गर्यो । अब यी दुईजना अभिनेत्री दुई-दुईवटा नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् ।

जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने कलाकार हुन्, सौगात मल्ल । यसैले त अभिनयमा अब्बल कलाकारको चर्चा हुँदा उनको नाम छुट्दैन । करिअरको डेढ दशक लामो अवधिमा नयाँ-नयाँ चरित्रमा आफूलाई प्रमाणित गरिसकेका उनी रोमान्टिक भूमिकामा भने विरलै देखिने गरेका छन् । धेरैपछि उनले यसप्रकारको भूमिका आफ्नो नयाँ फिल्म ‘जन्ते बाख्रो’मा निभाएका छन् ।

साइकोलोजिकल थ्रिलर विधामा आधारित भएर निर्माण हुन लागेको फिल्म ‘द ब्लू लाइट’को शुभ मुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट, क्यामरा र क्ल्याप पूजा गरेपछि नरिवल फुटाएर मुहूर्त गरियो । फिल्मको छायांकन यही जेठ २२ गतेबाट सुरु हुने जनाइएको छ ।

कथाको पात्रअनुसार फिल्ममा कलाकार खोज्ने जिम्मेवारी निर्देशकको हुन्छ । तर, नेपाली फिल्ममा बेला बखतमा निर्देशकको टुंगो नलाग्दै निर्माताले नै कलाकार छानिसकेका छन् । नयाँ फिल्म ‘जदौ’मा पनि यस्तै भएको छ । निर्देशक बिनै फिल्मको मुख्य भूमिकामा अभिनेत्री साम्राज्ञी आरएल शाहलाई अनुबन्धित गरिएको छ । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् ।

