Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1111 - 1116 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-06-06, शुक्रवार

अभिनेता सविन श्रेष्ठले करिब तीन वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । पछिल्लो पटक सन् २०२२ मा रिलिज भएको ‘म’मा देखिएका उनले नयाँ फिल्म ‘कश्यप’बाट कमब्याक गर्न लागेका हुन् । बिहीबार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो । 

फिल्मीखबर, काठमाडौं, 2025-06-06, शुक्रवार

गत बैशाख अन्तिममा रिलिज भएको ‘ऊनको स्वीटर’पछि नेपाली फिल्मको व्यापार सुस्ताएको छ । दुई ठूला फिल्म ‘के घर के डेरा २’ र ‘नरसिंहा अवतार’ले समेत अपेक्षित व्यापार गर्न नसकेपछि अब धेरैको आशा शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’प्रति छ । बलियो स्टारकास्ट र गीत-संगीतको चर्चाका कारण फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-06-05, बिहिवार

व्यावसायिक रुपमा सफल नभए पनि एक्सनप्रधान फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला निर्माण गरिने भएको छ । बिहीबार फिल्मले प्रदर्शनको ५१ औं दिन मनाएको खुसीयाली साट्न काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माताले दोस्रो भागको घोषणा गरेका हुन् । कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण र रिलिज कहिले हुन्छ भन्नेबारेमा भने जानकारी गराइएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2025-06-05, बिहिवार

आगामी साउन २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मोहर’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको नयाँ पोस्टरले दर्शकमाझ कौतुहलता जगाउन सक्ने देखिन्छ । किनकि, पोस्टरमा अभिनेता पल शाह दुई फरक गेटअपमा प्रस्तुत छन् । एउटामा उनलाई छोटो कपाल र अर्कोमा लामो कपालसहित देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-06-05, बिहिवार

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को सय दिने काउन्ट-डाउन सुरु गरिएको छ । आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बिहीबारबाट काउन्ट-डाउन सुरु गर्दै निर्माण पक्षले पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । जसमा तराईको सेटअप देख्न सकिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2025-06-05, बिहिवार

यही शुक्रबार (जेठ २३ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’ले प्रिमियरमा सुखद् प्रतिक्रिया पाएको छ । बुधबार साँझ सुन्धारास्थित सिभिल मलमा रहेको क्यूएफएक्स हललाई बेहुलीझैँ सिंगारेर आयोजना गरिएको प्रिमियरमा उपस्थित पाहुनाले फिल्म मनोरञ्जनको प्याकेज रहेको प्रतिक्रिया दिए । कलाकारहरुको अभिनय, छायांकन र संगीत पक्षको पनि प्रायःले प्रशंसा गरे ।

Results : 1111 - 1116 of 23779
Most Visited News (monthly)