Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1099 - 1104 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-06-09, सोमवार

अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्म ‘जदौ’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । केही दिनअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको फिल्ममा अब अभिनेता मुकुन भुसाल भित्राएका छन् । उनीसँग निर्माताले आइतबार लिखित सम्झौता गरेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2025-06-09, सोमवार

प्रदर्शन मिति घोषणा नहुँदै फिल्म ‘एक्लो’का मुख्य कलाकारहरूको श्रृंखलाबद्ध रुपमा क्यारेक्टर लुक्स सार्वजनिक भइरहेको छ । प्रदीप खड्का, विजय लामा, दीया पुन, बनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी र जेमी बेकन (बेलायती अभिनेता)पछि सोमबार सुनिल थापा र एवन राज उप्रेतीको लुक्स पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनीहरूको गेटअप पृथक देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2025-06-09, सोमवार

आगामी असोज ३ गते (संविधान दिवस)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक गरिएको छ । मारूनी भाकाको गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर तथा गायक सिवाकोटी स्वयंको संगीत र शब्द रचना छ । यो गायिका अधिकारीले गाएको पहिलो मारूनी गीत हो ।

फिल्मीखबर, काठमाडौं, 2025-06-08, आईतवार

‘घामै राजा’ र ‘मुकु मुकु म्याँ’ गीतका कारण प्रदर्शनअघि चर्चामा रहेको फिल्म ‘जन्ते बाख्रो’ले बक्स अफिसमा अपेक्षाअनुरुप व्यापार गर्न सकेको छैन । प्रदर्शनको पहिलो दिन (शुक्रबार) फिल्मको देशव्यापी अकुपेन्सी १० प्रतिशत पनि पुग्न सकेन । शनिबार भने ३० प्रतिशत हाराहारी रह्यो । दुई दिनको अकुपेन्सी कमजोर देखिएपछि फिल्मका धेरै शोहरू आइतबार कटौती भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-06-08, आईतवार

गत जेठ २२ गतेबाट छायांकनमा रहेको फिल्म ‘द ब्लू लाइट’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री बेनिशा हमाल मात्र चित्रित छन् । बारमा निराश मुद्रामा देखिएकी उनको औंलामा सल्किरहेको चुरोट र छेवैमा टकिला सटको गिलास छ । उनी कुनै पीडा भुलाउन बार पुगेको अनुमान पोस्टरबाट गर्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-06-08, आईतवार

लक्ष्मण सुनारको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘कल्ली’को एकपटक फेरि प्रदर्शन मिति हेरफेर भएको छ । फिल्मको घोषणा हुँदा गत वर्षको चैत २९ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, छायांकनमा जान ढिलाइ भएपछि आगामी कात्तिक २१ गतेलाई नयाँ प्रदर्शन मिति तय गरियो । अब उक्त मितिबाट फिल्मलाई तीन महिना पछाडि सार्दै फागुन १ गते पुर्‍याइएको छ ।

Results : 1099 - 1104 of 23779
Most Visited News (monthly)