
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ । डेढ मिनेट लम्बाईको टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । बाइसे राज्यको समयमा प्रचलित देउकी प्रथा (मन्दिरमा देवी देवताको सेवा गर्न कन्या चढाउने प्रचलन)मा आधारित भएर फिल्म बनेको टिजरले खुलासा गर्छ ।

दर्शकमाझ ‘महानायक’को रुपमा चिनिएका अभिनेता राजेश हमालले आठ वर्षपछि कमब्याक फिल्म गरेको ‘नरसिंहा अवतार’ यतिबेला हलमा प्रदर्शनरत छ । फिल्मले व्यावसायिक सफलता हासिल गर्ने सम्भावना अब टरिसकेको भए पनि यो उनको १०/१२ वर्षयताकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । यसले घरेलु बक्स अफिसमा साढे दुई करोड करोडमाथि कमाइसकेको छ ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’बाट चर्चामा आएकी निर्देशक कृषा चौलागाईंले तेस्रो फिल्मको रुपमा ‘जहाजैमा’ बनाउने भएकी छन् । मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो । फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्नेछ । केही हप्ताअघि कम्पनीले जापानमा कृषालाई फिल्मको निर्देशकमा अनुबन्धित गरेको थियो ।

‘परदेशी २’ र ‘पूर्ण बहादुरको सारङ्गी’को व्यावसायिक सफलतापछि गायक तथा अभिनेता प्रकाश सपूतलाई फिल्म अफरको ओइरो लागिरहेको छ । उनले एकै वर्ष ४/५ वटा फिल्मसम्म सम्झौता गरिरहेका छन् । गत वर्ष ‘सोल्टिनी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘परालको आगो’मा आबद्ध भएका उनी अब नयाँ फिल्म ‘मिरमिरे’मा जोडिएका छन् ।

यही शुक्रबार (जेठ ३० गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को काठमाडौंपछि तालनगरी पोखरामा प्रिभ्यू प्रिमियर गरिएको छ । सोमबार पोखरा सिनेप्लेक्समा आयोजित प्रिमियरमा फिल्मका निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ लगायतको उपस्थिति थियो ।

‘बुलाकी’बाट लेखनमा राष्ट्रिय अवार्ड जितेका राज बहादुर सानेको निर्देशनमा तयार भएको फिल्म ‘सिटामोल’को तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरले चरित्रचित्रण, पात्रको गेटअप, अवस्था र मुड दर्शाउँदै कथाको सेटिङबारे जानकारी दिन्छ । द्वन्द्वकालीन समयको ग्रामीण परिवेशको कथामा फिल्म आधारित रहेको पोस्टरबाट बुझ्न सकिन्छ ।

